भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।
सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’
नेकपा स्थायी कमिटीमा भएको बहसतर्फ संकेत गर्दै उनले अघि भने, ‘आफ्ना पार्टीका मान्छेहरुलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्ला ?
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AgaCnp via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

