भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमति गरेका छन् ।
विधानमा समावेशीताका आधारमा सात सहमहामन्त्री बनाउने तयारी भएको छ । यसअघि भएको सहमति अनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टी व्यक्त भएपछि सात सहमहामन्त्री बनाउने तयारी भएको हो ।
महिला, मधेशी, मुश्लिम, आदिवासी जनजाति, दलित, खसआर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक एक जना हुनेगरी सहमहामन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिएका छन् ।
उनीहरु सवै जना आआफ्नो समुदायभित्रबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुने व्यवस्था गर्न लागिएको ती नेताले बताएका छन् । तीनै सहमहामन्त्रीहरु मध्ये एक एक जनालाई एक एक प्रदेशको नेतृत्व गर्नेगरी तोक्ने व्यवस्था गर्ने सभापति शेरबहादुर देउवा पक्षले प्रस्ताव तयार गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LvnQRE via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

