भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावलाई अस्वीकार गरिदिएको छ । बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा दुई घण्टा बढी समय बोले पनि ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरे पछि उनको राजनीतिक प्रतिवेदन स्थायी कमिटीले फेल पारिदिएको हो।
ओलीले बैठकमा उठेका बिषयलाई सम्बोधन गर्दै राजनीतिक प्रतिबेदन पारित गर्न आग्रह गरे पनि बैठकमा सदस्यले बैठकमा उठेको बिषयलाई सही तरिकाले सम्बोधन नगरेको आरोप लगाउँदै चर्को आलोचनासमेत गरेका थिए ।
छुट्टै सुझाव प्रतिवेदन पेश गरेका वामदेव गौतमसहित भीम रावल, घनश्याम भुषालले बिरोध जनाएका थिए भने रघुजी पन्त, योगेश भट्टराई लगायतले बोल्ने समय मागेका थिए ।
ओलीले आफूले राम्रा मात्रै काम गरेको भनेपछि सदस्यहरु भड्किएका थिए । उनले बुधबार पनि आत्मआलोचना नगरेपछि बैठक लम्बिएको थियो । शुक्रबार बिहान पनि बैठक बस्दैछ ।
२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RjFgWN via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

