भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

पुस ४, खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडे पनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हाे।
सम्पन्न गर्ने समयसीमा ४६दिनमात्र बाँकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए।
सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअघि नै काम छाड्ने सूचना दिएको थियो। तर आयोजनाले समयमै सुनुवाई नगरेकाे भन्दै उनीहरु काम छाडृेर स्वदेश फर्कन खोजेका थिए।
तर सरोकारवाला खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापरवाही गरी काम छाडेको आरोप लगाएको छ। गत आइतबार म्यानेजर ग्रेसहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानीसमेत सरकारले जफत गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QBMWUJ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

