Loading...
Loading...
निर्मला हत्या प्रकरण: आरोप स्विकारेकाको डिएनए रिपोर्ट मेल नखाएपछि प्रमाण खोज्दै प्रहरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कञ्चनपुर । निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन। स्रोतका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ ।

प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आइ नै नपुगेको दाबी गरेको छ। ‘डिएनएको रिपोर्ट आएको छैन। यहाँबाट रिपोर्ट ल्याउन कसैलाई पठाएकै छैनौं’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘अझै दुईतीन दिन यता रिपोर्ट आउँदैन।’ लाहाछाप लगाएको रिपोर्ट प्रहरी पठाएर नै ल्याउने उनको भनाइ छ।

निर्मलाको हत्या गरेको आरोप स्विकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट मेल नखाएपछि प्रहरीले हत्याको आधार देखिने अन्य प्रमाणको खोजी गरिरहेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्। ‘प्रदीपले आरोप स्विकारेर दिएको बयान धेरै मिल्दो देखिन्छ’, उनले भने, ‘जस्टिफाई गर्ने केही प्रमाण भेटिन्छन् कि भनेर खोज्ने काम भइरहेको छ।’ उनले डिएनए रिपोर्ट भने दुवैको नेगेटिभ आएको बताए। कोही देख्ने वा सुन्ने छ कि भनेर प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीको सोच छ। उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गरिएको छ।डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीको सोच छ। उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गरिएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R9VGkl via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.