Loading...
Loading...
२५० वर्षदेखि बन्द रहेको हनुमानढोका दरवारस्थित आँगम छेँभित्र खुल्दा के भेटियाे ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । शाहकाल आरम्भ भएसँगै २५० वर्षदेखि बन्द रहेको हनुमानढोका दरवारस्थित आँगम छेँभित्र एउटा खड्ग मात्र पाइएको छ। बज्रमा कोरिएका ठाउँठाउँका कार्भिङ् कला उप्काइएको छ, आसन जस्ताको तस्तै छ तर देवताको मूर्ति भने छैन।भोटे ताल्चा सहज रूपमा खुल्न सके पनि भित्री चुकुल खसेको अवस्थामा पाइएको छ। आगम छेँको पुनः निर्माण गर्ने क्रममा ढोका उघार्दा भित्र धुलाम्य रहेको पाइएको छ। आगम छेँमा जानेले यसो भनेपनि यसको पूरा जानकारी भने हनुमानढोका दरवार हेरचाह अड्डा तथा गुठी संस्थानलाइ मात्रै छ।

अड्डा प्रमुख एवं पुरातत्व अधिकृत अरुणा नकर्मीले छेँ खुलेपछि आफूले हेरेको तर त्यसमा के थियो के थिएन भन्ने कुरा थाहा नभएको बताए। गुठी संस्थान काठमाडौँ प्रमुख बैकुण्ठ रेग्मीले आगम छेँ खोल्दा के थियो के थिएन रु भन्ने बारे शाखालाई कसैले जानकारी नदिएको बताए।आफ्नो परिचय नखुलाइ दिन आग्रह गर्दै छेँ मा प्रवेश गरेका एक पुजारीले धुलाम्य अवस्थामा खड्ग, देवताको आसन रहेको, भित्री चुकुल खुला रहेको र भोटे ताल्चा काटिएको र कार्भिङ् कला उप्काइएको अवस्था रहेको जानकारी दिएकाे खबर गाेरखापत्र दैनिकमा छ।

पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौँमा आक्रमण गरे लगत्तै काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल काठमाडौँ छाडेर भाग्ने क्रममा आगम छेँ बन्द गरिएको थियो। भुकम्पमा भत्किएपछि हालै मात्र पुनः निर्माणका लागि क्षमापूजा गर्ने क्रममा आगम छेँ खुला गरिएको थियो।प्रमुख नकर्मीले पनि मल्ल राजा भागेदेखि आगम छेँ बन्द नै रहेको बताउँछन्। वीचमा यो क्षेत्र नारायणहिटी दरवारको अधिनमा रहे पनि राजसंस्था हटेपछि मात्र यो सरकारको अधिनमा आएको थियो।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2y0a04a via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.