भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्चपदस्थ सैनिक पदाधिकारीसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नाका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2q8Cpkj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

