Loading...
Loading...
दशैंका लागि अाजदेखि सार्वजनिक सवारी साधनलार्इ इजाजतपत्र खुला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  । दशैंका लागि अाजदेखि सार्वजनिक सवारी साधनलार्इ इजाजतपत्र (रुट परमिट) खुला भएकाे छ ।  यातायात व्यवस्था विभागले जुनसुकै रूटका सार्वजनिक सवारी साधनलार्इ निर्वाध रूपमा देशभरी सञ्चालन गर्न दिन रूट परमिट खुला गरेकाे हाे । दशैंमा यात्रुकाे सहज अावतजावतका लागि अाजदेखि ३१ असाेजसम्म रूट परमिट खुला गरिएकाे यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले अनलाइनखबरलार्इ जानकारी दिए ।

इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उनले बताए । दशैंका लागि काठमाडाैंबाट बाहिरिने यात्रुकाे संख्या उच्च हुने तथा रूट परमिटका कारण सवारी साधनकै अभाव हुने हुँदा यात्रा सहज पार्न पनि खुला गरिएकाे उनी बताउँछन् । विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ठूला सवारी साधन (मालवाहक टेलर मात्र) लाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले अाजदेखि ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने सवारी साधनलाई रोक लगाइएकाे महानिर्देशक ढकालले जानकारी दिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RF0DPG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.