Loading...
Loading...
नेकपा प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दाङ – हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो।अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ दिनको म्याद अनुसार आईतवार सम्म ५ दिन पुरा भैसकेको छ भने अब बाँकी तीन दिन उनी प्रहरी हिरासतम बस्नु पर्नेछ।  प्रहरीले भने अनुसन्धानका लागि १० दिनको म्याद थप गरिदिन अदालत समक्ष अनुरोध गरेको थियो।जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार आगामी २७ गते विश्वकर्माका बारेमा बहस हुने छ। गत मंसिर १२ गते कांग्रेसले तुलसीपुरमा गरेको चुनावी आमसभामा भएको बिष्फोटमा परि मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोगमा विश्वकर्मालाई लगाईएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NrHbXs via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.