भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
विराटनगर – घुस सहित विराटनगर महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन्। आइतवार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका राजस्व शाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल पक्राउ परेका हुन्।पोखरेलले विराटनगर ७ की मीना शाक्यबाट ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय ५५ रुपैयाँको बिल दिएका थिए। घर सम्पन्न भएको प्रमाणपत्र लिन आउँदा सुरूमा एक लाख भन्दा बढी कर लाग्छ भनेको र पछि ८५ हजारमा मिलाइ दिउँला भनेर बिल भन्दा बढी रकम लिएको सेवाग्राही मीना शाक्यले बताइन्। उनका अनुसार पोखरेलले महानगरपालिकाका कार्यालय सहयोगी बुधलाल सरदार मार्फत रकम लिएका थिए। कर तिर्न आउँदा कर्मचारीले बार्गेनिङ गरेपछि शाक्यले विराटनगर ७का वडा अध्यक्ष मधुवाबु तिवारी र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई तिर्नु पर्ने भन्दा बढी रकम कर्मचारीले मागेको जानकारी गराएकी थिइन्। तिर्नुपर्ने भन्दा बढी रकम मागेको उजुरी गरेपछि शाक्यले दिएको नोटको नम्बर समेत टिपेर राखिएको वडा अध्यक्ष तिवारीले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wVMl4m via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
