भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं- सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ।अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको हो। सो अवसरमा संयोजक दाहालले असोज १ गतेदेखि नै लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुनुपर्ने, तहगत वर्गीकरण समेत गरी सबै तहको न्यूनतम पारिश्रमिक निर्धारण गर्नु पर्ने, पाँच वर्ष भन्दा बढी स्ट्रिन्जरका रुपमा नियमित काम गरेको राष्ट्रिय सञ्चारमाध्यमका श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनु पर्ने र महिना समाप्त भएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने मागहरु पुनः स्मरण गराएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N2bZhM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
