Loading...
Loading...
जोर–बिजोर प्रणालीः कहिले, कति बजेसम्म ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू भए पनि अन्य समयमा भने पूर्ववत रुपमा सवारी साधन सञ्चालन हुनेछन् । बिमस्टेक शीखर सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई ध्यान दिँदै ट्राफिक प्रहरी महाशाखाले १३, १४ र १५ गते ३ दिन सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको हो । जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोृर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाले सवारीको पछाडिको अंकको आधारमा जोर–बिजोर निर्धारण गरेको छ । सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर । निजी तथा भाडाका सवारीमा जोर बिजोर प्रणाली लागू भए पनि अत्यावश्यकीय सेवासँगै प्रेस, सरकारी तथा बिमस्टेकमा निम्त्याइएका पाहुनालगायतकोे हकमा भने यो नियम लागू हुने छैन ।

जोर–बिजोर प्रणाली लागू भएको पहिलो दिन आज बिजोर नम्बरका सवारीलाई मात्र आवतजावत गर्ने अनुमति ट्राफिक प्रहरी महाशाखाले दिएको छ । एकाधले नियम उल्लंघन गरे पनि आज बिहानैदेखि सडकमा बिजोर नम्बरका मात्रै गाडी गुडेको महाशाखाको भनाइ छ । बिजोर नम्बरका मात्रै सवारी गुड्दा उपत्यकाको सवारी आवागमन अघिल्ला दिनको तुलनामा केही सहज भएको छ । भोलि (बिहीबार) भने जोर अंकका सवारी मात्रै उपत्यकाका सडकमा गुडाउन पाइने छ । शुक्रबार भने बिजोर अंकका सवारी चल्ने महाशाखाले जनाएको छ । अत्यावश्यकीय सेवा, आवश्यक कार्य जस्तै बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएकाहरुको हकमा भने यो प्रणाली लागू हुनेछैन । त्यसैगरी कूटनीतिक नियोगका सवारी साधन, सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुमा पनि जोर–बिजोर प्रणाली आकर्षित हुनेछैन ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MYAqw0 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.