भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । गएको असार २६ गते नयाँ धरहरा बनाउन माग गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तयारी गरिएको थियो । त्यसको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा एउटा उजुरी प-यो । उजुरीमा भनिएको थियो–धरहराको बोलपत्रमा सहभागिता जनाएकामध्ये कुनै एक कम्पनीको कागजात फर्जी छ । यसरी उजुरी गर्ने अरु कोही थिएन, बोलपत्रमै सहभागी एक ठेकेदार कम्पनी थियो । यसरी उजुरी गर्ने व्यक्ति सांसद समेत रहेका रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आर्चाय । प्रधानमन्त्री कार्यालयले यस्तो उजुरी परेपछि तत्काल स्थगित गरेर छानबिन गर्न पुनर्निर्माण प्राधिकरणलाई भन्यो । उक्त उजुरीपछि हालसम्म ६ पटक मिति तोक्दै बोलपत्र खोल्ने कार्यक्रम स्थगित भएको छ ।
गएको जेठमा धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले १ महिनाको समय राखेर बोलपत्र माग गरेको थियो । प्राधिकरणले ठेक्का प्रक्रियामा सहभागी हुन राखेको मापदण्डका कारण जम्मा ६ ठेकेदार कम्पनीले मात्र बोलपत्रमा सहभागी हुन पाएका थिए तर प्राविधिक बोलपत्र खोल्ने क्रममा ५ वटा मात्र छनौट भएका थिए । प्राविधिक प्रस्ताव पारित भएका ५ ठेकेदार कम्पनीमा जेइक÷लामा जेभी, सीआर ५ सीइसी र स्वच्छन्द जेभी, कुमार र सीएफइसी जेभी, जीआइटीसी र रमन जेभी, सीआइसीओ र कालिका÷रसुवा जेभी रहेका छन् । आफू एक्लैले काम गर्न नसक्ने भएपछि बोलपत्र पेश गर्दा प्रत्येक नेपाली ठेकेदार कम्पनीले चिनियाँ ठेकेदार कम्पनीलाई सहयात्रीका रुपमा समावेश गराएका छन् । जुन सार्वजनिक खरिद ऐन अन्तर्गत नै पर्छ । यता आशीष र जेसीजीआईसीसीले जेभीले भने प्राविधिक प्रस्ताव पास नगरेको प्राधिकरणको भनाई छ ।
मोहन आर्चायको रसुवा कन्स्ट्रक्सन र नेपाली कांग्रेसका नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले एक चिनियाँ कम्पनीलाई सहभागी गराई बोलपत्र पेस गरेका छन् । रसुवा कन्स्ट्रक्सनले बोलपत्रमा सहभागी मध्ये कुनै एक चिनियाँ ठेकेदार कम्पनीको कागजात फर्जी छ भनेर उजुरी गरे । यसरी ठेकेदार कम्पनीको स्वार्थका कारण नयाँ धरहरा बनाउने काम रोकिन पुग्यो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PvudWz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

