भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नवलपरासीको विवादित भूमि सुस्तामा भारतीय पक्षले पुनः हस्तक्षपको प्रयास गरेको छ । विवादित भूमिमा सडक बिस्तार गर्न खोजेपछि विवाद सिर्जना भएको छ । विवादित मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाएका हुन् ।
२०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । तर भारतले अहिले पुनः सडक बनाउने नाममा निहूँ खोजेको स्थानियले बताएका छन् ।
भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेको स्थानियले बताएका छन् । सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुँदै जानु पर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुंगाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।
पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।
संघीय संरचनाअनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Pa2DgS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

