Loading...
Loading...
सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय तहमा उजागरमात्र नभई कूटनीतिक सामथ्र्य पनि मुखरित हुनेछ ।एशिया महादेशका गतिशील एवं विकासका प्रचुर संभावनायुक्त दुई क्षेत्र दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको विकासको सेतुका रुपमा स्थापित भइरहेको छ बिम्स्टेक । दक्षिण एशियाका पाँच र दक्षिणपूर्वी एशियाली दुई देशको साझा संस्था बिम्स्टेक क्षेत्रीय सहयोग प्रवद्र्धन तथा साझेदारीलाई सफलतापूर्वक अघि बढाउने माध्यम बन्न सक्छ किनकी हिमच्छादित सेता हिमालदेखि नभ झै नीला समुद्रसहित विविध भूबनोट भएको यो क्षेत्र पर्यटन विकासको अथाह सम्भावनाले भरिपूर्ण छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता एवं मानव संशाधनले परिपूर्ण बिम्स्टेकका सदस्य देश पुरातात्विक एवं ऐतिहासिक सम्पदाले वैभवशाली छन् । पर्यापर्यटन र बौद्ध परिपथजस्ता धार्मिक पर्यटन प्रवद्र्धन गर्दै सदस्य राष्ट्र«का राष्ट्रिय सम्पदा र सम्पत्तिको भरपूर उपयोग गर्ने एकमात्र माध्यम पर्यटन विकास भएकाले चौथो शिखर सम्मेलनमा प्रस्ताव हुने बिम्स्टेक विकास कोष सहयोगी हुनसक्छ ।मुलुकलाई शान्ति, समृद्धि र दिगोपनातर्फ उन्मुख गराउने एकमात्र ध्येय र उद्देश्यले स्थापना भएको यो उपक्षेत्रीय सङ्गठन आर्थिक समृद्धि र सामाजिक प्रगतिका दृष्टिले अझै पछाडि छ– दक्षिण पूर्वी एशियाली राष्ट्र«हरुको सङ्गठन आशियानको तुलनामा । चरम गरिबीले यस क्षेत्रका देशलाई गाँजेको छ जसलाई जरैदेखि निमिट्यान्न पारेर द्रुत आर्थिक विकास र सामाजिक उन्नयन गर्नु सङ्गठनको लक्ष्य र उद्देश्य बनेको छ । आफ्ना देशका नागरिकको चौतर्फी समृद्धिमा केन्द्रित बिम्स्टेकका दूरदर्शी नेतृत्वले उनीहरुको जीवनमा प्रत्यक्ष सरकोकार भएका व्यापार, लगानी, पर्यटन, ऊर्जा, यातायात तथा सञ्चारका क्षेत्रमा साझेदारी र सहकार्य गर्दै आएको छ । त्यस्तै जलवायु परिवर्तन र त्यसका दुष्परिणामप्रति सबैलाई सजग तुल्याउँदै आएको छ । बिम्स्टेकले सर्वाधिक महत्व दिएका सहयोगका क्षेत्र पनि यी नै हुन् । आर्थिक वृद्धिको बाहक व्यापार तथा लगानी भएकाले वैभवशाली बिम्स्टेकका निम्ति ती अनिवार्य पूर्वशर्त हुन् । विशाल अर्थतन्त्र ओगटेको बिम्स्टेक क्षेत्रमा अन्तरक्षेत्रीय व्यापार विस्तारका अथाह अवसर छन् तर त्यस्तो व्यापार चार प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । अवरोधरहित व्यापार प्रणाली लागू गर्न स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौता गर्न सदस्य देशबीच २० औँ पटक सघन संवाद भएपनि त्यो टुंगिएको छैन । चौथो शिखर सम्मेलनले यसलाई अन्तिम रुप दिन आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ । वस्तुको व्यापारमा भन्सार सहुलियत, भन्सारसम्बन्धी सहयोग आदानप्रदान, सेवाको व्यापार, लगानी सहायता तथा विवाद समाधान प्रक्रिया तथा संयन्त्र, व्यापार सहजीकरणलगायत विषय उक्त समझदारीमा समेटिएका छन् ।म्स्टेक मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था पनि त्यति उत्साहजनक छैन । भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणका निम्ति आवश्यक पर्ने ठूलो धनराशी वैदेशिक लगानीबाट मात्र सम्भव हुने भएकाले त्यसनिम्ति गम्भीर प्रयास हुन जरुरी छ । अपर्याप्त आन्तरिक स्रोत र साधनका कारण बिम्स्टेक राष्ट्र«को आर्थिक वृद्धिको गति सुस्त छ । रोजगारीका अवसर खुम्चिएका छन् । भारत र थाइल्याण्डको आर्थिक उन्नयन अन्य सदस्य राष्ट्र«कोे तुलनामा अधिक भएपनि गरिबीले तिनलाई गाँजेकै छ । बिम्स्टेक क्षेत्रभित्र र बाहिरबाट बाह्य लगानी भित्र्याउने चुनौती पनि सङ्गठनका काँधमा थपिएको छ । दिगो विकासको संवाहक ऊर्जा क्षेत्र बिम्स्टेकको आश लाग्दो विधा हो । ‘बिम्स्टेक टान्सग्रिड कनेक्टिभिटी’मा भएको समझदारी र हस्ताक्षरको चरणमा रहेको त्यो समझदारीले अब क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा सघाउ पुग्नेछ । स्वच्छ ऊर्जाको विकासलाई केन्द्रमा राखेर सदस्य मुलुकले पारस्परिक लाभका खातिर ऊर्जा उत्पादनसँगै सहजरुपमा खरिदबिक्रीका लागि मार्ग प्रशस्त हुनेछ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wjUJJS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.