भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रदेश नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक मणी थापाले पार्टी महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा नेकपाको प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना र गणेशमान पुन नाम सिफारिस गरेको छ।
पाल्पाका राना र रुकुमका पुन दुवै पूर्व मन्त्री हुन्। राना पूर्व एमाले र पुन पूर्व माओवादी नेता हुन्। पुन जनयुद्धको समयमा तत्कालिन चौथो डिभिजनका कमाण्डर थिए। सर्वसम्मत रुपमा सिफारिस भएको नामबारे पार्टी केन्द्रले निर्णय लिने छ।
प्रदेश कमिटी सदस्यमा समेत कार्यदलले टुंगो लगाएको छ। जस अनुसार प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय ५ र पूर्व माओवादीबाट ९७ जना रहने छन्।
कार्यदलले प्रदेश ५ का जिल्ला कमिटी नेतृत्वमा पनि सिफारिस गरेको छ। जसमा पूर्व एमालेलाई ७ र पूर्व माओवादीलाई ५ जिल्लाको भागवण्डा भएको छ। भागवण्डा अनुसार एमालेबाट रुपन्देहिमा गोपाल भट्टराई, कपिलबस्तुमा छविलाल पोखरेल, दाङमा शिव आचार्य, प्युठानमा तुलसी शर्मा, गुल्मीमा बालकिसन काउछामगर, पाल्पामा राधाकृष्ण कँडेल र अर्घाखाँचीमा पीताम्बर आचार्य अध्यक्षमा सिफारिस भएका छन्।
पूर्व माओवादीबाट नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, वर्दियामा भुवन थारु, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्तीमगर अध्यक्षमा सिफारिस भएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MTfymr via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

