भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन् ।
साथै डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए। प्रधानमन्त्री ओलीले जनतालाई सास्ती हुने कदमहरु उपयुक्त समयमा नियन्त्रण गरिने भन्दै आफूहरुको ध्येय देशको उन्नती र विकास हुनुपर्छ भन्नै मात्रै रहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका छन् । आमरण अनसनरत डा. केसी जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी भएको भन्दै उनले सबै आआफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको सोत रहेको भन्दै उनले भने, ‘तर, एउटा व्यक्तिले भन्दैमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाउन सकिन्न ।’
उनले राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u2Ch8a via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

