Loading...
Loading...
संघीयता कार्यान्वयन गर्न कठिन : मुख्यमन्त्री गुरुङ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गोरखा  ।  संघीयता कार्यान्वयन गर्न कठिन भइरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाको तेस्रो गाउँसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको अभ्यास चरणमा रहेकाले जटिलता आएको तर्क गरे ।

‘स्थानीय तह स्थानीय तहमै अलमल छ, प्रदेश प्रदेशमै अलमल छ, संघ संघमै अलमल छ । अहिले हामी धेरै अलमलमा छौं’, उनले भने, ‘हुन त यो दुनियामा संघीय शासन प्रणाली भर्खर भर्खर लागू भएको सबै ठाउँमा यस्तै भएको छ । केन्यामा त संघीय शासन प्रणाली लागु हुनै १५ बर्ष लागेको हो । हाम्रो त कमसेकम छ बर्षमा संविधान बन्यो, संविधान बनेको पहिलो बर्षमै कार्यान्वयन गर्दैछौं ।’

जटिलता आयो भन्दैमा संघीय सरकारको बिरोध गर्न नहुनेतर्फ उनले औल्याए । ‘केन्द्र सरकारले मात्रै चलाएको बेला मुलुकमा दुर्भाग्यबाहेक सौभाग्य आउन सकेन त्यसैले मुलुकको विकासका लागि एक मात्र उत्तम विकल्प संघीयता नै हो, भलै एउटा सरकारको ठाउँमा सातसय सरकार बनाएर सोचेभन्दा धेरै टुक्रामा टुक्रिएको छ’, उनले भने, ‘पहिले पहिले नेपालको खेतीपाती मनसुनमा भरपर्छ, शासन प्रणाली भनसुनमा भरपर्छ भन्नुपथ्र्यो त्यसैले संघीयता कार्यान्वयनमा सबै एकजुट भएर लाग्नु पर्छ ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको सबै गाउँपालिकाको केन्द्रलाई सडकसञ्जालले जोड्ने बताए । ‘हाम्रो प्रदेशमा गोरखाको चुमनुब्री र मनाङको नारफु बाहेक सबै गाउँपालिका सडक सञ्जालले जोडिएका छन्’, उनले भने, ‘अबको तीनबर्षभित्र प्रदेशको राजधानीबाट सबै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जालले जोडिनेछ ।

गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गरिनेछ ।’ गाउँपालिकाले पैसा हाले पनि नहाले पनि प्रदेशको बजेटले सडक पिच गर्ने र एकहजार जना अट्ने सभा हल निर्माण गर्ने उनले घोषणा गरे । गाउँसभाको घोषणासभामा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेत र कृषि मन्त्री लेखबहादुर थापाको समेत सहभागिता रहेको थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zSJ1ee via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.