Loading...
Loading...
प्रहरीले खोजिरहेका म्यानपावर व्यवसायी गोविन्द थपलिया प्रधानमन्त्रीको स्वकीय सचिवसँग भेटिए…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  नेपाल प्रहरीको फरारको सूचिमा रहेको म्यानपावर व्यवसायी गोविन्द थपलिया प्रधानमन्त्री केपी शर्मा ओली स्वकीय सचिवसँग भेटिएका छन् ।

थपलिया एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवसँग भेटिएका हुन् । थपलियालाई अवैधानिक रुपमा इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईसी) नामक संस्था सञ्चालन गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको अभियोगमा परेको प्रहरीले खोजि गरिरहेको छ । थपलिया प्रधानमन्त्री तथा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको संरक्षण रहेको बताइएको छ । प्रधानमन्त्रीका सोकीय सचिवसँग देखिनुले यो कुरालाई पुष्टी गर्छ । प्रहरीले उनलाई पक्राउ गर्न फरार सूचिमा राखेको हो ।

श्रम तथा रोजगार, सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जने कामदारमाथि आर्थिक शोषण गर्ने संस्थाको खारेजीसँगै कारबाहीका लागि गृहमन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयको पत्राचारपछि गृहको अपरेशन टोलीले मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्ने मेडिकल संस्थाका मालिक लगायत दर्जनौंलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु धरौटीमा रिहा भइसकेका छन् । त्यही दिन थपलियालाई भने फेला नपरेको भन्दै प्रहरीले फरार सूचीमा राखेको थियो । तर प्रहरीको फरार सूचीमा रहेका थपलिया केही दिनअघि प्रधामन्त्रीका स्वकीय सचिवसँगै भेटिएका छन् । प्रमका स्वकीय सचिव राजेश बज्राचार्यसँगै कुम जोडेर खिचेको फोटो प्रकाश चन्द्र शर्माले फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

थपलिया र बज्राचार्यको भेट कतारका नेपालस्थित दूत युसुफ बिन मोहम्मद अहमेद अल हली उपस्थित कार्यक्रममा भएको हो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Aq3oQc via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.