Loading...
Loading...
मुग्लिन-नारायणगढ सडक पुरै कालोपत्रे, चौबिसै घण्टा खुल्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । मुग्लिन-नारायणगढ सडकको सम्पूर्ण खण्ड कालोपत्रेबाट जोडिएको छ। यो सँगै अब यो सडक चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ।

नारायणगढ मुग्लिन सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले केही दिनमै अहिले भइरहेको दैनिक बन्द हटाएर यो सडक खण्ड चौबिसै घण्टा सञ्चालन गरिने जानकारी दिए। हाल यो सडक खण्ड निर्माणका लागि दैनिक ४ देखि ६ घण्टा बन्द हुने गरेको छ।

निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो सम्पन्न हुन लागेको मुग्लिन नारायणगढ सडकखण्ड निर्माणका लागि २०७२ सालको भूकम्पको मुखैमा सम्झौता भए पनि त्यसलगत्तै भएको भारतीय नाकाबन्दीमा ईन्धन अभावको मारका कारण ढिला भएको खनालले बताए।

आँपटारी(दासढुंगा खण्ड को १०।४५ किलोमिटर मध्ये सम्पूर्ण लम्बाईमा दोस्रो तहसम्मको कालोपत्रे भइसकेको छ। यहाँ दासढुंगा पुल भने निर्माण हुन बाँकी छ। तेस्रो तहको कालोपत्रे पनि दुई किलोमिटर सकिएको छ। यो खण्डको भौतिक प्रगति ९१।२० प्रतिशत रहेको खनालले बताए।

दासढुङ्गा(सिमलताल खण्डको १०।६९ मध्ये सम्पूर्ण लम्बाईमा तिनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ। यो खण्डको भौतिक प्रगति ९७।५० प्रतिशत छ। सिमलताल(मुग्लिन खण्डको १२।१५ किलोमिटर मध्ये सम्पूर्ण लम्बाईमा पहिलो तहको कालोपत्रे सकिएको छ। ११।८० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भएको छ। यो खण्डमा तेस्रो तहको कालोपत्रे सुरु भएको छैन। अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ।भौगोलिक दृष्टिकोणले यो खण्ड काम गर्न अन्यको तुलनामा सहज रहेको उनको भनाई छ।

समग्र आयोजनाको ३३।२ किलोमिटर मध्ये सम्पूर्णमा पहिलो तहको कालोपत्रे सकिएको, ३२।७० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सकिएको र १२।७ किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएको उनले बताए। सम्पूर्ण सडकखण्डमा भौतिक प्रगति ९१।५० प्रतिशत छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JoS6LZ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.