भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो ।बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ । औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए ।
सचिवालयभन्दा स्थायी समिति शक्तिशाली अहिलेको संरचनाअनुसार सबैभन्दा माथि दुई अध्यक्ष रहेको नौ सदस्यीय केन्द्रीय सचिवालय रहे पनि विधानले स्थायी समितिलाई शक्तिशाली कमिटीका रूपमा प्रस्ताव गरेको छ । सचिवालयलाई दैनिक कार्यसम्पादन गर्ने प्रशासनिक निकायमा सीमित गर्दै स्थायी समितिलाई सबैभन्दा माथिल्लो शक्तिशाली राजनीतिक निकायका रूपमा प्रस्ताव गरिएको हो । सचिवालयले केन्द्रीय कार्यालय सञ्चालन, बैठकको कार्यसूची बनाउने र प्रतिवेदन तयारी गर्ने काम गर्नेछ भने सबै महत्वपूर्ण राजनीतिक निर्णय भने स्थायी समितिबाटै हुने गरी विधानको मस्यौदा तयार भएको हो ।
जिल्ला र प्रदेश कमिटी जम्बो विधानमा प्रदेश कमिटी न्यूनतम १ सय ७५ तथा जिल्ला कमिटी न्यूनतम १ सय २५ जनाको बनाउन प्रस्ताव गरिएको छ । यसअघि प्रस्तावित ७५ सदस्यीय जिल्ला कमिटीमा ५० जना बढाएर न्यूनतम १ सय २५ सदस्यीय बनाउन प्रस्ताव गरिएको हो । त्यस्तै, १ सय ५१ सदस्यीय प्रस्तावित प्रदेश संगठन कमिटी न्यूनतम १ सय ७५ सदस्यीय हुने गरी पार्टी विधानको अन्तिम मस्यौदा तयार भएको छ । तर, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पाँचजनाका दरले जिल्ला कमिटीमा संख्या थपिनेछन् ।
त्यस्तै, २० भन्दा बढी निर्वाचन क्षेत्र भएका प्रदेशमा प्रत्येक निर्वाचन क्षेत्रबराबर एकजनाका दरले प्रदेश कमिटीमा संख्या थपिनेछ । यसअनुसार ३३ निर्वाचन क्षेत्र भएको प्रदेश ३ मा नेकपाले १ सय ८८ सदस्यीय प्रदेश कमिटी बनाउनेछ । स्थायी समिति सदस्य दवेन्द्र पौडेलले तल्ला कमिटी र जनसंगठन एकीकरणका लागि बनेका कार्यदलले प्रारम्भिक रिपोर्ट बुझाएलगत्तै विधान र नियमावली प्रकाशन हुने बताए ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संख्या तोकिएको छैन । तर, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य, महानगर, उपमहानगर, नगर,गाउँपालिका अध्यक्ष, वडाध्यक्ष पनि क्षेत्रीय कमिटीमा पदेन सदस्य रहने विधानमा प्रस्ताव गरिएको छ । अन्य थप २० प्रतिशत मनोनीत गरिने प्रस्तावित विधानमा भनिएको छ । त्यस्तै, महानगर कमिटी ७५ सदस्यीय, उपमहानगर कमिटी ६५ र नगर कमिटी र गाउँपालिका कमिटी ५१–५१ सदस्यीय बनाउने प्रस्ताव छ । वडा कमिटी २५ सदस्यीय बनाउने र प्रारम्भिक कमिटी १५ सदस्यीय हुने भनिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ydNXti via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

