भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

झापा। सडकमा टिपरवालाको आतंक चुलिएका खवर सार्वजनिक भइरहेका बेला झापामा अर्को टिपरले विभत्स तमासा देखाएको छ। आइतबार अपरान्ह मेची राजमार्ग अन्तर्गत कालिखोलामा बा १ ख ६५८१ नम्बरको टिपरले मे ७ प ४१८२ नंम्बरको मोटरसाईकललाई ठक्कर दियो। मोटर साइकलमा दुई जना सवार थिए । उनीहरु सडकमा ढले । तर टिपरले मोटर साइकल चालक खतिवडालाई निकै अमानविय ढंगले सडकमा ५० मिटर जति घिसारेर ज्यान लियो । टिपर चालक सागर गिरीले खतिवडाको ज्यान लिइसकेपछि टिपर रोक्यो । फोटो खिच्यो र भाग्यो । साँझ प्रहरी समक्ष आत्मसमर्पण गर्यो।
झापा बुद्दशान्ति–४ का खतिवडा त्यसदिन कपाल काट्न साथीसँगै बजार हिँडेका थिए । उनका साथी साहिर शेर्मा लिम्बु गंभिर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।
टिमाई नदिको दोहन लगातार हुँदै आएको छ । नदि दोहनमा स्थानीय जनप्रतिनिधिहरु पनि संलग्न रहेको स्थानीय बासिन्दा बताउँछन्। दुर्घटनापछि गाउँपालिकामा बसेको छलफलले टिपरलाई टिमाइ नदि प्रवेशमा रोक लगाएको छ।
प्रतिशोध साँधेर ज्यान लिएको आरोप
टिपर चालक गिरीले प्रतिशोध साँधेरै खतिवडाको ज्यान लिएको स्थानीयले आरोप लगाएका छन्। स्थानीय टिमाई नदीबाट नदीजन्य सामग्री निकाल्न नहुने अडान राख्दै आएका खतिवडालाई टिपरले जानाजान ज्यान लिएको उनीहरुको भनाई छ । केही दिन अघि खतिवडाले आफ्नो खेत नजिकैबाट नदिजन्य सामग्री निकाल्दा विरोध गरेका थिए। नदि दोहनबाट पानीको मुहान सुकेको, पैनी ९कुलो० नउठेको भन्दै खतिवडासँगै स्थानीय बासिन्दाले आपत्ति जनाएका थिए । त्यसदिन लक्ष्मण खतिवडा र टिपर चालकबीच भनाभन भएको स्थानीयले बताए।
खतिवडाका बुवा धान्यप्रसाद खतिवडाले आफ्नो छोरालाई प्रतिशोध साँधेरै ज्यान लिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lvbTz2 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

