भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ ।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारी साधन हस्तान्तरण गरिएकोे जानकारी दिनुभयो ।
प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले आफूले प्रयोग गरिरहनुभएको पुरानो सवारी साधन नै प्रयोग गर्नुहुने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ सवारी साधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको जनाइएको छ ।
सचिव पौड्यालले मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवम् उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारी साधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DQ0n8o via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

