Loading...
Loading...
नयाँ ढंगले पार्टी अगाडि बढ्छ : कमल थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमी कमजोरीको समीक्षा गर्दै आगामी दिनमा पार्टी नयाँ ढंगले पार्टी अगाडि बढ्ने बताएका छन् । उनले समाजका वर्ग, धर्म, पेशागत, समाजिक सेवामा पार्टीको महत्वपूर्ण भूमिका रहनुपर्ने पनि बताए ।

राष्ट्रिय प्रजातान्त्र पार्टीको पाँच संयोजित संगठनहरुको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै थापाले संयोजित संगठनहरुले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण, सैद्धान्तिक तथा बैचारिक कार्यक्रमहरुलाई पार्टीको समानान्तर रुपमा अगाडि बढ्न सुझाव दिए ।

आगामी बैशाखमा हुने केन्द्रीय परिषदमा संयोजित संगठनका अध्यक्षहरुलाई आफ्नो संगठनको कार्ययोजना तयार पार्न निर्देशन दिदै कार्ययोजना कागजमा नभई व्यवहारमा कार्यान्वयन हुने किसिमका बनाउन सुझाव दिएका थिए ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रिय सदस्य श्रवणकुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमी कमजोरी र अगामी दिनमा संगठनलाई चुस्तदुरुस्त बनाउन आफु पछि नपर्ने बताएका थिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, पार्टीका कोषाध्यक्ष उद्धव पौडेल, पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठ लगाएतका नेताहरु सहभागि थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IEbpkH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.