भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ सम्पत्ति विवरण सार्वजनिक गर्ने ओली सरकारको पहिलो मन्त्री बनेका छन्। कानुनमन्त्री तामाङले मन्त्री भएको चौथो दिन सोमबार पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मन्त्रीको तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना आना जग्गा , ३० तोला सुन र विभिन्न वितीय संस्थामा १५ लाख बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। त्यस्तै कृषि विकास बैंकमा ४० लाख र अन्य बैंकमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋ्ण ,एउटा गाडी, एउटा मोटरसाइकल र २ थान ल्यापटप रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
सम्पत्ति वितरण अनुसार मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेत समेत छ।पत्नी एवं प्रदेश नम्बर १ की सांसद उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दाम जग्गामा घर , मोरङमा सात कित्ता जग्गा छ ।उषाकलाकै नाममा खोटाङमा जग्गा छ। प्रदेशसभा सदस्य उषाकलाको माइती खोटाङ हो।
सम्पति विवरण सार्वजनिक गर्दै मन्त्री तामाङले न्यायाधीशले पनि जनताबीचमा सम्पत्ति विरवरण सार्वजनिक गर्नु पर्ने बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GIBMoY via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

