भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। प्रधानमन्त्री हुदाँ १७ सदस्यीय सानो आकारको मन्त्रीमण्डल बनाउन सहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिस्तार भएको मन्त्रीमण्डललाई बढाएर २३ पुर्याएका थिए । साथै उनले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहाभागि गराउने तयारी गरेका छन् ।
यसअघि नै मन्त्रीपरिषद विस्तार हुँदा दुवै दललाई सहभागि गराउने भनिए पनि सरकारसँग सहमति हुन सकेको थिएन । दुवै दलले संविधान संशोधन हुने भए मात्रै सरकारमा सहभागि अडान लिएका छन् । राजपाले भने पछिल्लो समय प्रतिनिधीसभा सदस्यमा विजयी भएका रेशम चौधरीको मुद्दा फिर्ता लिए मात्रै सरकारमा सहभागि हुने बताएको छ ।
प्रधानमन्त्रीले भने दुवै दललाई माग पूरा गरिदिने आश्वासन दिएर सरकारमा आउन आग्रह गरिरहेका छन् । तर लिखित प्रतिवद्धता नआएसम्म आफूहरु सरकारमा सहभागि नहुने दुवै दलको धारणा छ ।
तर प्रधानमन्त्री ओलीले अझै मन्त्रीपरिषद विस्तारका लागि भन्दै दुईवटा मन्त्रालय बाँकी राखेका छन् । जुन फोमरका लागि भनिएको छ ।राजपालाई पनि सरकारमा सहभागि गराउन सके अरु मन्त्रालय पनि थप्ने तयारीमा ओली रहेका छन् । २५ वटासम्म मन्त्रालय राख्न पाउने संवैधानिक व्यवस्था छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pm2UCF via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

