भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ गैर संवैधानिक भएको दावी सहित सर्वोच्च अदालतमा पेश भएको मुद्दा सर्वोच्च अदालतको एकल इजलासले मंगलबार दर्ता गर्न आदेश दिएको छ ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाद्वारा अवकाश पाइसकेको पत्र बुझेपछि भएको राष्ट्रपतिको सपथको विवादमा संविधानको व्याख्याको विषय रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले मंगलबार मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो ।
फागुन ३० गते अपरान्ह ४ बजे भएको राष्ट्रपति भण्डारीको सपथको केही समयअघि मात्रै तत्कालिन प्रधानन्यायाधीश पराजुलीले अवकाशको पत्र पाएका थिए । पराजुलीले चैत १ गते पदबाट राजीनामा गरेका थिए ।
अवकाश पाएका प्रधान न्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउने कार्य संविधान विपरित भएको दावी सहित अधिवक्ता नारायण खरेलद्वारा पेश भएको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गर्दै दर्ता अस्वीकार गरेको थियो । तर, दरपीठविरुद्ध अधिवक्ता खरेलले इजलासमा निवेदन दिएपछि न्यायाधीश खतिवडाको इजलासबाट प्रशासनको दरपीठ बदर गरी मंगलबार दर्ता आदेश भएसंगै उक्त विवाद सर्वोच्च अदालतको व्याख्याको विषय बन्न पुगेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Gceevy via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

