Loading...
Loading...
भागवण्डा मिल्यो, एमालेलाई १० माओवादीलाई ७ मन्त्रालय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीवार भएको छलफलमा मन्त्रालयको भागवण्डा मिलेको हो ।

माओवादी स्रोतका अनुसार एमालेले प्रधामनन्त्री सहित १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने छन् । सरकारमा सहभागिता जनाउने संकेत गरेको संघीय समाजवादी फोरमलाई एक मन्त्रालय दिने बिषयमा छलफल भएको थियो ।
संविधान संशोधन भए सरकारमा जाने फोरम अध्यक्ष उपेन्द्र यादवले बताउदै आएका छन् । फागुन ७ मा एमाले र माओवादी केन्द्रबीच एकताको हस्ताक्षर भन्दा पहिले यादवले दुई पार्टीसंग छलफल गरेका थिए ।

ओली र प्रचण्डबीच मन्त्रालयको संख्या १८ भन्दा नबढाउने पनि सहमति भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बस्ने बैठकले नयाँ मन्त्रालयको नाम अनुमोदन गर्ने छ ।

यी हुन् एमालेले पाउने मन्त्रालय
१.अर्थ तथा योजना मन्त्रालय
२.रक्षा मन्त्रालय
३.भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
४.सूचना, संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५.शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८.कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९.परराष्ट्र मन्त्रालय
१०.पर्यटन मन्त्रालय

यी हुन् माओवादी केन्द्रले पाएका मन्त्रालय
१.गृह मन्त्रालय
२.उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३.शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४.वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५.श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६.कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार
७. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EY5pnL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.