Loading...
Loading...
काँग्रेसले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो :प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन भत्काउन आफूलाई पाँच वर्ष प्रधानमन्त्री दिने प्रस्ताव गरेको खुलासा गरेका छन्। शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन्।

कांग्रेसको नाम नलिई प्रचण्डले आफूलाई एक शक्तिले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका हुन्। ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। हामीसँग एकताको कुनै विकल्प छैन। तर, यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरेँ’, प्रचण्डले भने, ‘एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई इन्कार गरेँ।’ प्रचण्डले त्यो शक्ति अहिले फेरि गठबन्धन भत्काउन अर्कोतिर लागेको बताए। उनले एकतालाई जसरी पनि सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए।

‘फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ। एकता हुन नदिन निकै ठूला प्रयास भइरहेका छन्’, प्रचण्डले भने, ‘हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ, त्यसका लागि तपाईहरुजस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ।’

आफ्नो स्वभावबारे बोल्दै प्रचण्डले परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा नबस्ने आफ्नो विशेषता नै भएको बताए। ‘कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन्। तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन्। म परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा बस्दिनँ। परिस्थितिको मागअनुसार अघि बढ्छु’, प्रचण्डले भने, ‘परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो। तर, म कहिल्यै पनि रणनीतिक लक्ष्यविरुद्ध जाने गरेको छैन। आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ। तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन। विरोधीका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ।’

समाजवादको आधारशिला खडा गर्ने महत्वपूर्ण जिम्मेवारी आएको प्रचण्डको भनाइ छ। उनले पहिला महाराजा हुने स्थानमा जनप्रतिनिधि पुगेकाले अब परिस्थिति सहज हुने बताए। ‘शिक्षा समाजवादको आधारशिला खडा गर्ने निकै महत्वपूर्ण खुड्किलो हो। हिजो हामीकहाँ राजा महाराजा थिए। तर, अहिले हामीले नै चुनेका जनप्रतिनिधि छन्’, प्रचण्डले भने, ‘अहिले पनि हामीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा, विकासको पक्षमा काम गरेनौँ भने कसलाई दोष दिने रु अब अरुलाई दोष दिएर उम्कने ठाउँ छैन। तपाई हामी सबै आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्नैपर्छ। शिक्षा क्षेत्र पनि त्यसबाट मुक्त छैन, तपाईहरु पनि त्यसविरुद्ध लड्नुहोस्।’ अन्नपूर्णपोष्टबाट



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nguTCQ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.