Loading...
Loading...
नारायणगढ मुग्लिन सडक राति १० बजेबाट विहान ४ बजेसम्म वन्द हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

चितवन । निर्माणधिन नारायणगढ मुग्लिन सडकखण्डलाई रातको समयमा वन्द गरिने भएको छ । कामको गतिलाई बढाउन भन्दै पुस १८ गतेदेखि राति १० बजेबाट विहान ४ बजेसम्म सडकखण्ड वन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको आयोजना प्रमुख र ठेकेदारसहित वसेको बैठकले राति ६ घण्टा सडक वन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको हो । दिउँसो कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले राति वत्तिको प्रवन्ध मिलाएर काम गर्ने सहमति भएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भट्टले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई बैठकमा नै बोलाएर कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक लाइटको प्रवन्ध गर्न निर्देशन दिएका छन् ।

सडकखण्डको १६ किलोभन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । प्राधिकरणका यादवले भोलि बिहीबार नै स्थलगत अवलोकन गरी आवश्यक वप्रवन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् ।

रातको समयमा कटिङको काम गर्न ठेकेदार कम्पनीहरु अनइच्छुक देखिएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टले वत्तिको व्यवस्था हुने भन्दै काम गर्न निर्देशन दिएका छन् ।
उनलेसवारी साधन विग्रिएर २० मिनेटभन्दा बढि सडक बन्द भए कारवाही गरिने चेतावनी दिएकबाछन् ।

नारायणगढ मुग्लिन सडकखण्डको  ६७ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतीय बिएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकाएको छ ।

सबै ठेक्काको म्याद फेब्रुअरी २० मा सकिँदैछ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले चैत्र महिनाभित्र एकसरो पिच गर्ने गरी म्याद थप गरिने जानकारी दिए । विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pHTDrq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.