Loading...
Loading...
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि दीप प्रज्ज्वलन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटालाई पित्त्तथैली सम्बन्धी क्यान्सर भएको छ।  बेलायतमा उपचाररत वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको सुस्वास्थ्यको कामना गर्दै चिकित्सकहरूले पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरेका छन् ।

६३ वर्षीया डा देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा चिनिन्छन्। उनी मंसिर १० गतेको निर्वाचनको समयमा गोरखामा गएर भाषण गरिरहेका थिए। त्यही क्रममा उनलाई जन्डिसको लक्षण देखिन थालेको थियो।

लाखौं बिरामीको उपचार गर्ने डा. देवकोटा आफै बिरामी परेपछि  भएपछि नेपालमा उनको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि आइतबार दीप प्रज्ज्वलन गरिएको छ। बोष्टर मिडियाको आयोजनामा  वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल तथा उनकी पत्नी सरला रिजालको अगुवाइमा दीप प्रज्ज्वलन कार्यक्रम भएको हो।

डा. देवकोटाको पित्तथैली र प्याङक्रियाजको छेउमा समस्या देखिएपछि बेलायतमा उपचार भइरहेको डा. भोला रिजालले बताए । डा देवकोटाको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । यद्यपि, उनको स्वास्थ्यस्थिति बारे आधिकारिक धारणा भने नआएको डा. रिजालको भनाइ छ । उपचारत डा. देवकोटालाई छिट्टै निको होस भन्ने कामनासहित भगवान पशुपतिनाथसँग प्रार्थना स्वरुप दीप प्रज्वलन गरेको डा. रिजालले बताए ।

परीक्षणका क्रममा क्यान्सर देखिएपछि उनी थप उपचारका लागि लन्डन पुगेका हुन्। उनी ३ साताअघि श्रीमती डा मधु दिक्षित देवकोटासँग लन्डन गएका हुन्।

बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले हजारौँ नेपाली बचाउने डाक्टर देवकोटा बिरामी भएको खबर आएपछि शीघ्र स्वास्थ्यलाभको कामनाका लागि दीप प्रज्ज्वलन कार्यक्रम गरिएको बताए।

ढुंगानाले भने, ‘उहाँको स्वास्थ्य गम्भीर छ भन्ने सुनेकाले उहाँलाई छिट्टै निको होस् भन्ने कामनासहित सामूहिक दीप प्रज्ज्वलन गरेका हौं।’ दीप प्रज्ज्वलन कार्यक्रममा १००  भन्दा बढीको सहभागिता थियो।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zpvZ2c via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.