भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पूर्व अनुबन्धनका कारण अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ ।
गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो, जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए, जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।
माओवादीका उच्च नेताले दिएको जानकारीअनुसार दशैंपछि संयुक्त कार्यक्रम गरेर ७ बुँदे सहमति जारी गर्दैगर्दा ३ नम्बर बुँदाको ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ वाक्यांशलाई सार्वजनिक गरिएन र त्यसलाई ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ का रुपमा लिने सहमति गरेर वाम गठबन्धनको घोषणा भयो ।
पहिलो प्रधानमन्त्री प्रचण्ड कि ओली ?
दशैंमा बनेको समझदारीअनुरुप नै वाम गठबन्धनले चुनावी तालमेल गरेर बहुमत हासिल गरिसकेको छ । तर, एमाले एक्लैले बहुमत पाउन सकेको छैन र उसले माओवादीको साथमा मात्रै बहुमत पाउने देखिएको छ ।
यही परिस्थितिमा आज एमाले स्थायी कमिटीको बैठक बस्न लागेको छ । केपी ओलीले आफूलाई प्रधानमन्त्रीका रुपमा हेरेका छन् र मन्त्रीहरु कसलाई बनाउने भन्ने भित्री गृहकार्यसमेत थालेका छन् ।
यहीबेला एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पार्टी अध्यक्ष र संसदीय दलको नेता एकै व्यक्ति हुनुपर्ने लाइन अघि सारेपछि माओवादी झस्किएको छ । माओवादीलाई कसरी विश्वासमा लिने भन्नेबारेमा एमालेको आज बस्ने बैठकले पक्कै पनि छलफल गर्नेछ ।
साथै आजै एमाले र माओवादीवीच संयुक्तरुपमा गठित एकता संयोजन समितिको बैठक पनि डाकिएको छ । त्यहाँ पनि सरकारको नेतृत्व कसरी गर्ने र पार्टी एकताको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छलफल हुने नेताहरुले बताएका छन् ।
दशैंमा बनेको असझदारी अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने वचनमा केपी ओली अडिए भने उनी पाँच वर्ष नभएर अढाइ वर्षका लागिमात्रै प्रधानमन्त्री बन्नेछन् ।
तर, आलोपालो गर्दा पहिले केपी ओली प्रधानमन्त्री हुने कि प्रचण्ड हुने रु यसबारेमा भने नेताहरुले केही बताएका छैनन् । नेताहरुको तयारी हेर्दाखेरि पहिलो पालो ओलीले नै नेतृत्व गर्ने छन् र त्यसपछि मात्रै प्रचण्डको पालो आउनेछ ।
तर, पार्टी अध्यक्ष नि रु यसबारेमा वाम गठबन्धनको सम्झौतामा केही लेखिएको छैन, सामुहिक नेतृत्व हुनुपर्ने माओवादी नेताहरुको शर्त छ । र, यसमा एमालेभित्रको माधव नेपाल र वामदेव गौतम समूहले पनि एकै व्यक्तिमा नेतृत्व केन्द्रीकरण गरिन नहुने मत राख्दै आएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BnGC7K via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

