Loading...
Loading...
कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौं : विनोद चौधरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसदका उम्मेद्वार तथा वरिष्ठ उद्यमी विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् ।

विहिबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधन गर्दै चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवन हुने बताए ।

‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौं,’ चौधरीले भने, ‘तपाईहरू नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी तपाईहरुलाई समृद्ध नेपाल दिन्छौैं ।’

उनले आर्थिक विकासका लागि खुलाबजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नु पर्ने बिचार राखे ।

‘राजनीतिक स्थिरता भयो भने नेपाल पनि चीन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ,’ चौधरीले भने ।

२०४८ सालमा कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेको उनको भनाई थियो । यस्तो आर्थिक स्वतन्त्रताको अभियानलाई सफल बनाउन कांग्रेसको नेतृत्वबिना सम्भव नभएको उनको ठम्याइ छ ।

‘उदारीकरणको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो । आज प्रत्येक नेपालीको हातमा मोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मक नतिजा हुन्,’ उनले भने । विकास अभियानलाई तीब्र गतिमा दौडाउनु आजको आवश्यकता भएकाले आफू कांग्रेसमा लागेको उनले प्रष्ट पारे ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bged3O via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.