Loading...
Loading...
भारतलाई हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं : भुटानमा भएको अण्डर–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बुधबार भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो ।

नेपालले खेलको दोस्रो मिनेटमा नै गोल गरी अग्रता बनाएको थियो । नेपालका दिनेश हेन्जनले गोल गरेका थिए । खेलको ३७ औँ मिनेटमा दिनेशले नै व्यक्तिगत दोस्रो गोल गरी नेपालको अग्रता दोब्बर बनाए । खेलको सुरुवात देखिनै भारतले नेपालमाथि लगातार आक्रमण गरिरहे पनि नेपालको कडा डिफेन्सका कारण गोल फर्काउन भने असमर्थ भयो ।

अण्डर–१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता थियो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने नियमका आधारमा नेपालले उपाधि जितेको हो । सुरुको खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले गत सोमबार बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।

भारतसँगको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरी साविक विजेता (यू–१९ प्रतियोगितालाई यू–१८ को रूपमा परिमार्जन गरेकोले साविक विजेता भनिएको हो) नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।
अन्नपूर्ण पोष्ट


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2fS3SSz

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.