भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सिराहा । नेपाली कांग्रेसका नेता डा रामशरण महतले सिराहाका जनता मौकामा ठीक निर्णय गर्नसक्ने जागरुक र चेतनशील भएको भन्दै उच्च प्रशंसा गर्नुभएको छ । चुनावी प्रचार अभियान अन्तर्गत सिराहा पुग्नुभएका नेता डा महतले भन्नुभयो, यहाँका जनताले २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा निर्णय दिएका थिए । त्यसबेला राजनीतिक परिवर्तनका लागि सिराहाका जनताले बहुदलको पक्षमा भोट दिएका थिए । अहिलेको चुनावमा स्थानीय अधिकारको रक्षा तथा प्रवद्र्धन, आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई भोट दिनेछन भन्ने विश्वास लिएको छु ।
सिराहा नगरपालिका अन्तर्गत वडा नं १८ स्थित लक्ष्मिनियामा आयोजित चुनावी सभामा बोल्दै उहाँले भन्नुभयो, चुनावको अधिकार दिने नै कांग्रेस हो । अन्य दलले जनतलाई मताधिकार दिने कुरै गर्दैनन । कुरा गरिरहेछन भने ती नक्कली हुन । एकाधिकारी राजनीतिक सिद्धान्त बोकेका बामपन्थीहरुले कसरी चुनावको कुरा गर्छन ?
माओको चीनमा वा माक्र्स र लेनिनको देशमा नै बामपन्थीहरुको नामोनिशान नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, गरिव जनतालाई झूठा कुरा गरेर उनीहरुले केही भोट लिइरहेका छन । जनताको चेतनास्तर बढेसँगै यो मुलुकबाट पनि बामपन्थीहरु हराउँदै जानेछन ।
विगत सात दशकभन्दा बढी कांग्रेसले जनतालाई अधिकार दिलाउन संघर्ष गरेको छ । नेता डा महतले भन्नुभयो, मुलुक र जनताको समृद्धिका लागि थुप्रै साहसिक निर्णयहरु गरेको छ । आफूले गरेका कामहरुलाई कांग्रेसजनले जनतासमक्ष भन्न नसकेको र जानकारी दिन नसकेको कारणले मात्र बामपन्थीहरुलाई जनता भड्काउन सजिलो भएको हो ।
उहाँको भनाई थियो, कांग्रेसले विषम परिस्थितिमा पनि अतुलनीय भूमिका निर्वाह गरेको छ । साहसिक निर्णय गरेर मुलुकलाई अगाडि बढाएको छ । तर हामी आफै आफ्नो बारेमा प्रचार गर्दैनौ र पछि परेका हौं ।
उहाँले विभिन्न ठाउँमा भएको कार्यकर्ताहरुसँगको भेटघाटमा कार्यकर्ताहरुलाई पनि कुनै रिसराग नराखीकन ७ वटै उम्मेद्वारलाई मतदान गर्न र जनतासमक्ष मत माग्न आग्रह गर्नुभयो ।
कांग्रेस नेपालको राजनीतिको मियो हो । तराई, पहाड, हिमालका विभिन्न जात जाति धर्म संस्कृति मान्ने सबैलाई समेटेर फराकिलो सोच बोकेको पार्टी हो । उहाँले भन्नुभयो, सबै नेपालीलाई एकढिक्का बनाएर लैजानसक्ने मध्यमार्गी पार्टी हो । यो पार्टी कमजोर भएमा जहिले पनि नेपालमा समस्यामा पन राजनीतिक परिवर्तन, आर्थिक विकास र हिमाल तराई पहाड सबै भूभागका जनता र विचारलाई सही नेतृत्वका साथ अघि बढाउने सक्कली पार्टी भएको भन्दै आगामी चुनावमा कांग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ ।
उहाँको भनाई थियो, सबै दलहरु सत्तामा गैसकेका छन । नयाँ नीति कसैले ल्याएका छैनन् । मुलुकको विकासका लागि बामपन्थीहरुसँग कुनै सुस्पष्ट दृष्टिकोण नै छैन । कांग्रेसले ल्याएको नीतिकै पछि दौडिरहेका छन । नक्कली कुरा गरेर जनतालाई भड्काउने काम मात्रै गरिरहेका छन ।
कार्यक्रममा बोल्दै डा महतले विसं २०४८ मा कांग्रेसको नेतृत्वमा जननिर्वाचित सरकार गठन भएपछि शुरु गरिएको आर्थिक सुधारको नीतिले हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि गौरवलायक उपलब्धिहरु हासिल भएको दाबी गर्नुभयो । उहाँको भनाई थियो, कांग्रेसले कार्यान्वयनमा ल्याएको उदार आर्थिक नीतिकै कारण यी उपलब्धिहरु हासिल भएका हुन । कसै कसैले भनेजस्तो यी उपलब्धि कालक्रमसँगै त्यत्तिकै हुने होइनन ।
उहाँका अनुसार रु १२ अर्बको राजस्व असूली अहिले ७ खर्बभन्दा बढी हुन थालेको छ । २५ बर्षअघि करिव ७ हजार किमी बाटो बनेकोमा अहिले झण्डै ८० हजार किमी बाटो बनिसकेको छ । खानेपानीमा पहुँच ४० प्रतिशत रहेकोमा अहिले ८५ प्रतिशत पुगेको, ९ प्रतिशत जनताको पहुँचमा मात्र सीमित विजुली ८० प्रतिशत जनताको पहुँचमा पुगेको, विश्वविद्यालय तथा मेकिल कलेजहरु अस्पतालहरु खुलेको र यी सुविधाहरु बढेसँगै जनताको औषती आयु पनि ५४ बर्षबाट अढाई दशकको अवधिमै ७१ बर्ष पुगेको छ । बैंक बीमा, उड्ड्यान, जलविद्युत, शिक्षा, स्वास्थ्य मिडिया हरेक क्षेत्रमा उदार नीति अवलम्वन गरिएको छ र यही नीतिका कारण उपलब्धिहरु हासिल भएका हुन ।
नेता डा महतले मध्यपहाडी लोकमार्ग, चुरे राजमार्ग, काठमाडौं तराई द्रुत राजमार्ग, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल जस्ता सबै ठूला आयोजनाहरु कांग्रेसले शुरु गरेको उल्लेख गर्नुभयो । यो उपलब्धिबाट हामी सन्तुष्ट छैनौं । हामी अझै विकास गर्न चाहन्छौं र त्यसका लागि फेरि पनि कांग्रेसलाई नै जिताउनुपर्छ ।
The post कांग्रेस नेपाली राजनीतिको मियो हो : डा महत appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wtZwGI via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

