भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा रामशरण महतले कांग्रेस राजनीतिक परिवर्तन, आर्थिक विकास र हिमाल तराई पहाड सबै भूभागका जनता र विचारलाई सही नेतृत्वका साथ अघि बढाउने सक्कली पार्टी भएको भन्दै आगामी चुनावमा कांग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ ।
२ नं प्रदेश अन्तर्गत विभिन्न जिल्लामा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुलाई सम्वोधन गर्ने क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । डा महतले बूधबार बाराको पथलैया, निजगढदेखि सर्लाहीका आधा दर्जन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्नुभयो । सर्लाहीको हरिवन नगरपालिकामा पर्ने चापिनी खोलामा उहाँले बृक्षारोपण पनि गर्नुभयो । एक भोट दुई रुख अभियान अन्तर्गत खोला तथा नदीको अतिक्रमण नियन्त्रण गर्न स्थानीय कांग्रेसीहरुले यो नयाँ अभियान ल्याएका छन । डा महतले लालभित्तामा बयोवृद्ध कांग्रेस अभियन्ता ज्ञानबहादुर थोकरसँग केही क्षण भेटघाट गर्नुभयो । खोलाले कटान गरेको ठाउँको अवलोकन गर्नुभयो । साथै आफ्नो कार्यकालमा भएका विकास निर्माणहरुको उपलब्धि तथा प्रगतिको अवलोकन समेत गर्नुभयो ।
विभिन्न कार्यक्रमहरुमा बोल्दै उहाँले अन्य पार्टीहरुले नेपाललाई एकढिक्का बनाएर आर्थिक समृद्धिको मार्गमा डो¥याउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँको भनाई थियो, सबै दलहरु सत्तामा गैसकेका छन । नयाँ नीति कसैले ल्याएका छैनन् । कांग्रेसले ल्याएको नीतिकै पछि दौडिरहेका छन । नक्कली कुरा गरेर जनतालाई भड्काउने काम मात्रै गरिरहेका छन ।
चुनावमा मतदातालाई आकर्षित गर्नका लागि प्रमुख आकर्षणको रुपमा रहेका नेता डा महतले साँझ महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न समेत भ्याउनुभएको थियो । सो सभामा उहाँले अन्य दल त्यागेर कांग्रेस प्रवेश गरेकाहरुलाई टीका र खादा लगाएर स्वागत समेत गर्नुभएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशांक कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, नेता प्रदीप गिरी, पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, गगनकुमार थापा लगायत स्थानीय नेता कार्यकर्ताहरुले आ आफ्नो मन्तब्य दिएका थिए ।
कार्यक्रममा बोल्दै डा महतले विसं २०४८ मा कांग्रेसको नेतृत्वमा जननिर्वाचित सरकार गठन भएपछि शुरु गरिएको आर्थिक सुधारको नीतिले हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि गौरवलायक उपलब्धिहरु हासिल भएको भन्दै त्यसको फेहरिस्त नै प्रस्तुत गर्नुभएको थियो । उहाँको भनाई थियो, उदार आर्थिक नीतिले आर्थिक गतिविधिहरुको विस्तार हुन गएको हो । विसं २०४८ सालमा बार्षिक राजस्व असूली रु १२ अर्ब थियो । विदेशी सहयोगमाथिको निर्भरता झण्डै ३६ प्रतिशत रहेको थियो । अहिले सरकारको वार्षिक राजस्व झण्डै ७ सय ३० अर्बको हाराहारीमा पुगेको छ । यसले गर्दा सरकार बलियो भएको छ र राष्ट्रियतालाई पनि बलियो बनाएको छ । डा महतले राष्ट्रियता बलियो बनाउने आधार नै आर्थिक समृद्धि होे भन्नुभयो । कांग्रसले साधन स्रोत बढाएर कुल विकास बजेटको ७० प्रतिशतभन्दा बढी रकम गाउँ गाउँमा पु¥याएको दाबी गर्नुभयो र भन्नुभयो, २५ बर्षअघिसम्म पनि ७ हजार किमी सडक बनेकोमा अहिले स्थानीय र सामुदायिक समेत गरी झण्डै ७० हजार किमी सडक बनिसकेको छ भने अधिकांश जिल्लालाई सडकले छोइसकेको छ ।
उहाँले मध्यपहाडी लोकमार्ग, चुरे राजमार्ग, काठमाडौं तराई द्रुत राजमार्ग, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल सबै कांग्रेसले शुरु गरेको उल्लेख गर्नुभयो । कांग्रेसले लिएको उदार आर्थिक नीतिका कारण नै शिक्षा, स्वास्थ्य, उड्डयान, बैंक वित्तीय संस्थाहरुमा ठूलो सुधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, उद्योग क्षेत्रको अपेक्षित विकास नहुने कारण भनेको बन्द हड्ताले संस्कृति हो । यो उपलब्धिबाट हामी सन्तुष्ट छैनौं । हामी अझै विकास गर्न चाहन्छौं र त्यसका लागि फेरि पनि कांग्रेसलाई नै जिताउनुपर्छ ।
नेपाली कांग्रेसका नेता डा रामशरण महतले सक्कली पार्टी र इमानदार प्रतिनिधिलाई चुनावमा जिताएर विकास निर्माणमा अघि बढ्न बाराका जनतासमक्ष आग्रह गर्नुभएको छ । । बारास्थित जीतपुर उपमहानगरपालिकाको २ नं र ३ नं वडामा आयोजित भिन्नाभिन्नै चुनावी कार्यक्रमहरुलाई सम्वोधन गर्दै डा महतले सो आग्रह गर्नुभएको हो ।
सबैभन्दा पुरानो र सक्कली पार्टी कांग्रेस भएकोले २ नं प्रदेशको यस चुनावमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन उहाँले स्थानीय जनतासमक्ष आग्रह गर्नुभएको थियो । जीतपुर उपमहानगरमा कांग्रेसले पहिला गाउँ विकास समितिको अध्यक्ष भै उत्कृष्ठ र नमूनायोग्य काम गरेर पुरस्कृत समेत भएका कृष्णब्रत सिंहलाई मेयरमा र समाजसेवी नारायणी रायमाझीलाई उपमेयरमा उम्मेद्वार बनाएको छ । सिंह मात्र होइन, उनका पितापुर्खा समेत सामाजिक काममा लागेकोले उनको प्रियता यस क्षेत्रमा बढी नै देखिन्छ । त्यो दबाब सहन नसकेर माओवादी केन्द्रसँग कांग्रेस नेतृत्वले गर्न खोजेको तालमेल पनि रोकिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा महतले भन्नुभयो, परिवर्तन र विकासको अभियन्ता कांग्रेस हो । यस पार्टीले सँधै नै जनताको हकहितको कुरा गरेको छ, अधिकार दिलाउन ठूलो संघर्ष गरेको छ र अधिकार दिलाई छोडेको छ । अन्य पार्टीहरु नक्कली र ढोंगी कुरा गर्ने हुन ।
उहाँले अव विकास निर्माणको काम गर्न पनि जनताले कांग्रेसजनलाई नेतृत्व सुम्पिनुपर्ने उल्लेख गर्नुभयो । हिजोका दिनमा कोही पनि बहुलवादी थिएनन्, विकासवादी थिएनन्, जनतालाई अधिकार दिलाउने संसदीय पद्दतिको पक्षमा थिएनन् । बीपीले प्रतिपादित गरेको यो विशाल चुनावी दायरामा सबै आएका छन । यो कांग्रेस र कांग्रेसप्रेमी सबैको जीत हो । नेता डा महतले भन्नुभयो, परिवर्तन, विकास, अधिकार दिलाउन अगुवाई गर्ने कांग्रेसका प्रतिनिधिहरुलाई जिताउनुहोस । अव अधिकार तपाईको घरदैलोमा आइसकेको छ । इमानदार र सक्षम उम्मेद्वारहरुले मात्र तपाईलाई सही बाटो देखाउन सक्छन ।
अधिकार दिलाउने मात्र होइन, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग,, काठमाडौं तराई द्रुतमार्ग, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा दत्तचित्त भएर लागेको पार्टी नै कांग्रेस भएकोले यो विकासवादी पार्टीलाई निर्वाचित निकायको जिम्मा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । डा महतले स्रोत साधन बढाएर विकास बजेटको कुल रकमको ७० प्रतिशतभन्दा बढी गाउमा पु¥याइएको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले कांग्रेसले नै जनताको घरदैलोमा अधिकार ल्याइदिएको र उसैलाई जिम्मेवारी दिएर आगामी दिनमा विकास निर्माणका काम गर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । पूर्व सांसद शोभाकर पराजुलीले डा महतले नै नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गरी स्रोत साधन बढाएको र गाउँ गाउँमा विकास बजेट पुग्न सकेको स्पष्ट पार्नुभयो । त्यस्तै कार्यक्रममा महासमिति सदस्य क्षितिज भण्डारी, मेयरका उम्मेद्वार सिंह, उपमेयर रायमाझी लगायतका वक्ताहरुले आ आफ्नो मन्तब्य दिनुभएको थियो ।
The post आगामी चुनावमा कांग्रेसलाई मत दिन डा. महत आग्रह appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x2z4rg via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

