Loading...
Loading...
मधेशमा गच्छदारको हालत खराब, पार्टीकै नेता भन्छन्, ‘हामी सत्तामुखी भयौं’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – दोस्रो सविधानसभा चुनावमा मधेशमा एक नम्बर र देशमै पाँचौं पार्टीको रुपमा उदाएका विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम चारवर्ष नपुग्दै नराम्रोसँग पराजित हुन पुगेको छ ।

आफूलाई राजनीतिको सबभन्दा अनुभवी नेता ठान्ने विजयकुमार गच्छदार दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको चुनावमा १ सय ३६ तहमध्ये ३ वटा तहमा चित्त बुझाउनु परेको छ । यसअघि भएको दुई चरणको स्थानीय तहको चुनावमा पनि चारवटा तहमा मात्र जित हासिल गर्न सकेको लोकतान्त्रिक फोरम नेपाल दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने घोषणा गरेर नै चुनावमा लागेका थिए ।

सत्ताको आडमा दुई नम्बर प्रदेशमा चुनाव जित्ने योजना बनाएका गच्छदार सधैं पैसा र पावर चल्दैन भन्ने दरिलो उदाहरण बन्न पुगेको छ, गच्छदारको पार्टी लोकतान्त्रिक फोरम । सधै सत्ता र पैसाले राजनीति गरेका विजय कुमार गच्छदारले यस पटक उनको सोच गलत सावित बन्न पुगेको जनताको अगाडि ती सबै तिकडम फेल हुन पुगेको भन्दै मधेशमा टिक्काटिप्पणी भइरहेको छ ।

 

दुइ नम्बर प्रदेशमा जनाधार निकै कम भएका गच्छादारको चुनाव जित्नका लागि संगठन र नेता समेत उनको पार्टीमा थिएन । मधेश आन्दोलन चलिरहेकै बेला पनि सरकारमा सहभागी भएको भन्दै सबै ठूला नेताहरु उनको पार्टी परित्याग गर्दै अन्य पार्टीमा प्रवेश गरेका थिए । बाँकी रहेका नेता रामेश्वर राय यादव पनि एक महिना पहिले पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरे । रामेश्वर राय यादव, मृगेन्द्र सिह यादव, गोविन्द चौधरी, अजय गुप्ता, सत्रुधन सिह कोइरी, संजय साह ९टकला०, दानबहादुर चौधरी, सत्यनारायण यादव, निलम वर्मा, सुरेन्द्र चौधरीलगायत सयौं नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग पछि अहिले उनको पार्टीमा नाम चलेका जनधार भएका कुनै नेता छैनन् ।

चिनिएका नेता गच्छदार स्यवं हुन भने बौद्धिक स्तरमा जितेन्द्र देव र पश्चिममा रामजनम चौधरी चिरपरिचित नेता भने बाँकी छन् । तर, पछिल्लो समय विभिन्न दलसँग एकीकरण गरेर गोपाल दहितलगायत विभिन्न नेताहरुलाई पार्टीमा भित्र्याए पनि उनीहरु खासै जनाधार भएका नेताहरु मानिदैनन् । ती नेताहरुबाट पार्टी सञ्चालन हुन नसक्ने पार्टीकै नेताहरुबाट टिप्पणी भइरहेको छ ।

जितेन्द्र देव चिरपरिचित नेता भए पनि सप्तरीमा उनको जनधार भएको मानिदैन । उनी कहिल्यै पनि चुनाव जित्न नसक्ने व्यक्तिका रुपमा पार्टीमा चर्चा पाइन्छ । स्थानीय तहको चुनावमा पार्टी यसरी कमजोर हुनुले पार्टीका कार्यकर्ताहरु निराश भएको स्वयं नेता कार्यकर्ताहरु बताउँछन् । यो चुनावको मतगणना सकिएपछि बाँकी रहेका नेता तथा कार्यकर्ताहरुले समेत उनलाई छाडेर अन्य पार्टीमा जाने तयारी भइरहेको बताइन्छ ।

पार्टी कमजोर हुनुको कारण
१।पार्टी सत्तामुखी हुनु
२।आन्दोलनलाई वेवास्ता गर्नु
३।गच्छदार जनसम्पर्क तथा मिडियामा बाहिर रहनु
५।पार्टीलाई एकल नेतृत्वमा चलाइनु
६।नेताहरु पार्टी छाड्नु
७।गच्छदारले आफ्नो निर्णय मात्र लाद्न खोज्नु

 

पहिलो पटक २०४८ पुस १५ गते गिरीजा प्रसाद कोइराला नेतृत्वको पालामा गच्छदार सञ्चार राज्य मन्त्री बनेका थिए । उक्त समयदेखि उनी सत्ताको यात्रामा निरन्तर चलिरहे नै । वर्तमान शेरबहादुर नेतृत्वको सरकारमा पनि उप– प्रधान तथा स्थानीय विकास मन्त्री बनेका छन् । १३ औं पटक मन्त्रीमण्डलमा सहभागी भएर चर्चामा रहेका गच्छदारले कहिल्यै पनि मधेशको मुद्दा र एजेण्डामा गम्भीर नरहेको उनकै पार्टीका नेताहरु बताउँछन् ।

 

पार्टीका महासचिव भारतेन्दु मल्लिकले अहिले दुई नम्बर प्रदेशमा कमजोर हुनुको कारण सत्ता नै प्रमुख कारक रहेको प्रतिकृया दिए । उनले भने, ‘हामीले मधेशको मुद्दा उठाए पनि मधेशी जनताको भावनालाई बुझ्न सकेनौ, जहिले पनि सत्ताकै वरिपरि रह्यौं ।’
मधेशी जनताले सत्ताभन्दा पनि अधिकार चाहन्छ भन्ने कुरालाई आफ्नो पार्टीले ख्याल नगरेको कुरा ठहर गरे , तर, आफ्नो पार्टीले चाहेको कारणले मात्र सविधान निर्माण भएको, स्थानीय तहको सँख्या थपिएको, विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाएको, मधेश आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, आन्दोलनमा क्षति भएकालाई क्षतिपूर्ति, बन्दी रिहाइ र मुद्दा फिर्तालगायतका बिषयमा पार्टीले भूमिका खेलेको उनले तर्क गरे । त्यो कुरा पार्टीले जनतालाई बुझाउन नसकेको उनले दावी गरे । अर्को कारण उनी आन्दोलनमा कहिले नरहनु पनि रहेको उनले बताए ।

 

२०७० मा भएको सविधान चुनावपछि ३३ दलीय गठबन्धन बनेको थियो त्यो गठबन्धनबाट केही दिन आन्दोलनको गतिविधिमा लागे । त्यसपछि उनी सुशिल कोइरालाको नेतृत्व सरकारमा जाने कसरत गरेका थिए तर कोइरालाले सरकारमा लिएनन् तर, त्यतिबेला पनि उनले बीचैमा आन्दोलन छाडेर १६ बुँदे सम्झौतामा हस्ताक्षर गरि सविधान निर्माणमा पहल गरे, जुनकुरा मधेशी जनताको हितमा नभएको पार्टीको बुझाई छ ।
यसर्थ १६ बुँदे सम्झौता नै गच्छदारको लागि घातक भएको टिप्पणीहरु पनि भइरहेका छन् । १६ बुँदे सम्झौताले नै देशको राजनीतिक कोर्स परिवर्तन भएको थियो र मधेशमा आन्दोलन गर्ने बाटो खुलेको थियो ।

 

सविधान निर्माण भएलगतै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएको थियो, त्यसमा उनी सहभागि भए । त्यसपछि प्रचण्डको नेतृत्वमा सरकार निर्माण हुँदा पनि उनी शुरुमै सहभागी हुन खोजेका थिए । तर, मधेशी मोर्चाले रोकेको कारण उनी नपाए पनि अन्तिममा सात दिनका लागि सरकारमा सहभागी भएरै छाडे । तत्कालिन समय गच्छदारको उक्त कदमको मधेशमा निकै आलोचना हुन पुग्यो । जसलाई उनले कुनै वास्ता गरेनन् । पछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण हुँदा पुनः त्यही मन्त्रालयमा उनी र अरु दुईटा मन्त्री लिएर सहभागी भए ।

 

दुई महिनाअघि पार्टी छाडेका रामेश्वर राय यादव भन्छन्, ‘विजयजी हैकम शैलीमा पार्टी सञ्चालन गर्न चाहनु हुन्छ, जुनकुरा धेरैलाई मन परेको छैन, जनताको अधिकारको कुरा भन्दा पनि पार्टीलाई सरकारमा कसरी लैजाने, आफू शक्ति केन्द्रको वरिपरी कसरी रहने भन्ने मात्र सोच राख्दा उनको यो हालत भएको छ ।’
उनी जनताको प्रत्यक्ष सम्पर्कभन्दा धेरै टाढा रहेको उनकै पार्टीका नेताहरु बताउँछन् । उनलाई भेटन् आएका आम कार्यकर्ता तथा नेतालाई उनले कहिल्यै पनि भेट नदिएको गुनासो बढ्दो पाइन्छ । कुनै न कुनै बाहना बनाएर टारिरहेको कार्यकर्ताहरु बताउँछन् । मन्त्रालयमा पनि कार्यकर्ता तथा नेताहरु भेट्न जाँदा नभेट्ने र कुनै पनि काम विना पैसाले नगर्ने आरोप पार्टीका नेताहरुले नै बारम्बार लगाइरहेका छन् ।

दुई नम्बर प्रदेशमा पार्टीको यस्तो बुरा हाल भएपछि आजदेखि कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठकमा पनि नेताहरुले पार्टी सत्तामुखी भएको आरोप लागेको छ । पार्टीका अध्यक्ष गच्छदारले सरकार र सत्तामा जति ध्यान दिन्छन्, त्यति ध्यान पार्टी र जनतामाथि दिएको भए यो अवस्था नआउने थियो भन्दै आरोप लगाइरहेको बैठक स्रोतले जनाएको छ । उक्त बैठक भोली पनि चल्ने बताइएको छ ।

The post मधेशमा गच्छदारको हालत खराब, पार्टीकै नेता भन्छन्, ‘हामी सत्तामुखी भयौं’ appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2fiHIrR via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.