Loading...
Loading...
राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । अन्ततस् पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राप्रपा (प्रजातान्त्रिक) दल दर्ता भएको राष्ट्रिय खबर लाई जानकारी  दिए।

‘नयाँ दल दर्ता गर्न आवश्यक संख्या पुगेकाले उहाँहरूको दल आज दर्ता भएको छ’, शर्माले भने। कमल थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी बनाएका थिए। तर चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याउन नसक्दा दल दर्ता प्रक्रिया अन्यौलमा परेको थियो।

भदौ ४ गते नयाँ पार्टी गठनका लागि आवश्यक सांसद र केन्द्रीय सदस्यको संख्या सनाखत गर्न नसकेपछि निर्वाचन आयोगले सनाखत गर्न नसकेको प्रमाणिकरण गरिदिएको थियो। तर भदौ ५ गते सर्वोच्च अदालतले निर्वाचन आयोगलाई दल दर्ता गर्न निर्देशन दिएको थियो।

गत साउन २२ गते थापा नेतृत्वको राप्रपा फुटाएर राणाले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए। आयोगले दल दर्ताका लागि राणाको निवेदन पछि राणालाई चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसदको नागरिकता र हस्ताक्षर सनाखत गर्न २९ साउनसम्मको समय दिएको थियो।

तर उक्त समयमा राणाले हस्ताक्षर बुझाउन नसकेपछि थप समय मागेका थिए। आयोगले दोश्रो पटक भदौ ४ सम्मको समय राप्रपा प्रजातान्त्रिकलाई दिएको थियो।

The post राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2w5lhht via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.