भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानदेखि तनाव भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। प्रहरीले दिनभर मन्त्रालयमा सुरक्षा दिएको थियो। निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो।
मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित ९खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी० गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो। मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बिहीबार दिउँसोसम्म पनि सरुवाको पूर्ण विवरण पाउन सकेका थिएनन् । सचिव सापकोटाले राजपत्रांकिततर्फ उपसचिव र शाखा अधिकृत गरी एक सय २९ जनाको सरुवा भएको पुष्टि गरे पनि राजपत्रअनंकिततर्फ के(कति सरुवा भयो भन्ने जानकारी नभएको बताए।
‘खरिदार, सुब्बाहरू अत्यावश्यक भएका ठाउँमा मात्र न्यून रूपमा सरुवा गर्ने भन्ने सहमति भएको थियो तर धेरै संख्यामा सरुवा गरेको देखियोु, उनले अन्नपूर्णसँग भने, ‘जुन गलत छ।ु
उनले राजपत्रअनंकित तहको सरुवाबारे छानबिन गर्ने बताए। ‘सरुवामा केही बेथिति देखिएको छ, यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्छुु, उनले भनेु, गलत पाए करेक्सन गर्छु।ु
सरुवाका बेला मन्त्री टेकबहादुर बस्नेत र सचिव सापकोटा भने मन्त्रालयमा थिएनन्। कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजालको नेतृत्वमा कर्मचारी सरुवा भएको थियो। रिजाल नेतृत्वमा उपसचिव वसन्तप्रसाद पन्थी तथा शाखा अधिकृतहरू रामप्रसाद लुइँटेल र जितेन्द्रकुमार यादवको समूहले सरुवाको चाँजोपाँचो मिलाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
उनीहरू बिहीबार दिनभर सम्पर्कविहीन थिए। मन्त्रालयले ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ जनालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो।
The post मध्यराति २५० भन्दा बढी कर्मचारी सरुवा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iLbQR7 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

