भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा एमाले सरकारमा सहभागी हुने बताएका छन् ।
आइतबार एमाले निकट कर्मचारी संगठनको कार्यक्रममा उपस्थित भएका ओलीले आगामी मंसिरदेखि एमाले सरकारमा हुने घोषणा गरेका हुन् । ‘अहिले हामी प्रतिपक्षमा छौं, हामी सधैं प्रतिपक्षमा रहँदैनौं,’ ओलीले भने, ‘आगामी मंसिरदेखि एमाले सरकारमा रहन्छ ।’
शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका ओलीले वर्तमान सरकारको आलोचना गर्न पनि छाडेनन् । वर्तमान सरकारलाई कृत्रिम बहुमतले बनेको सरकार भन्दै ओलीले आफ्नो पार्टी स्पष्ट बहुमतका साथ सरकार बनाउने दाबी गरे । अहिलेको सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गरेको पनि ओलीले टिप्पणी गरे ।
बाइसे चौबिसै राज्य बनाएका होइनौं
निर्वाचन क्षेत्र निर्धारण आयोगले भर्खरै काम थालेकाबेला एमाले अध्यक्ष ओलीले बाइसे र चौबिसे राज्य नबनाएको उल्लेख गरे । उनले बाइसे र चौबिसे नभई मुलुक संघीयतामा गएको स्पष्ट गरे ।
ओलीले कर्मचारीहरुलाई सरकारले नै काम गर्न नदिएको टिप्पणी गरे । उनले आधिकारिक युनियन कसैको झुम्के बुलाकी नभएको भन्दै उनले कर्मचारीलाई काम गर्न दिनुपर्ने ओलीले बताए ।
The post ओलीको घोषणाः मंसिरदेखि एमाले सरकारमा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tPPleW via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

