Loading...
Loading...
विद्यालय खानेपानी तथा स्वच्छतामा कमी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

डडेलधुरा असार ६ – डडेल्धुरा जिल्लामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रबद्र्धन सम्बन्धि छलफल कार्यक्रम आज सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा सञ्चालित एक दिने विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन कार्यक्रम डडेल्धुराका क्रियासिल संचारकर्मी तथा सराकारवालाहरुको सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरिक्षक नारायण दत्त भट्टले डडेल्धुरा जिल्लाको विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनको औचित्यबारे कार्यपत्र प्रस्तुत गर्नु भएकोे थियो ।
विद्यालय खानेपानी तथा सरसफाई स्वच्छतामा कमी देखिएको, खुल्ला दिशा मुक्त भएको २ वर्ष वितिसक्दा पनि अझै पुर्ण रुपमा सरसफाई युक्त बनाउन अनेकौ समस्या र चुनौती रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको ३ प्रतिशत विद्यालयमा अझै खानेपानीको व्यवस्था नभएको विद्यालय निरिक्षक भट्टले जानकारी दिनु भएको छ । जिल्लामा सरसफाई, स्वच्छता विषयक विभिन्न तालिम तथा गोष्ठिहरु संचालन भएको पाईएपनि त्यसको कार्यान्वयन प्रभावकारी नरहेको सरोकारवालाहरुको भनाई रहको छ ।

कतिपय विद्यालयहरुमा शौचालय तथा धाराहरु निर्माण भएपनि सरसफाई प्रति विद्यार्थीको व्यवहार परिवर्तन हुन नसकेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल डडेल्धुराका कार्यक्रम संयोजक गणेश मगरले बताउनु भयो ।
डडेल्धुराका अधिकांश विद्यालयहरुमा शौचालयको प्रयोग र व्यवस्थापनमा समस्या रहेको छ । विद्यालयहरुमा साबुन पानीले हात धुने व्यवस्था अझै हुन सकेको छैन भने ग्रामीण क्षेत्रका विद्यालयहरुमा शुद्ध पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन ।

 

The post विद्यालय खानेपानी तथा स्वच्छतामा कमी appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rOJqFa
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.