Loading...
Loading...
कांग्रेस मूल शक्ति र एजेण्डा ठीक : डा महत 
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

झापा,१० असार ।  नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको अगुवाई गर्ने कांग्रेस मूल शक्ति भएको र यस पार्टीका एजेण्डा ठीक भएको दाबी गर्नुभएको छ ।

झापा गाउँपालिकाको शरणामतीमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले समृद्धिको बाटोमा छिटो अगाडि बढ्नका लागि कांग्रेसका उम्मेद्वारहरुलाई स्थानीय तहको नेतृत्वमा स्थापित गर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । उहाँको भनाई थियो, राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको अगुवाई गर्ने पार्टी भएकोले कांग्रेसले मात्र मुलुकको सही नेतृत्व दिन सक्छ । जनताका चाहनाहरुलाई पूरा गर्न सक्छ ।

कांग्रेसका एजेण्डा ठीक भएको दाबी गर्दै उहाँले कार्यकर्ताहरुलाई विना हिचकिचाहट गौरवका साथ शीर ठाडो पारेर जनतासमक्ष मत माग्न आग्रह गर्नुभयो ।  जनतालाई अधिकार दिलाउन पार्टीले विगतमा निर्वाह गरेको भूमिका, योगदान र पार्टीका स्पष्ट एजेण्डाहरुका बारेमा जनतालाई थप जानकारी दिन हौस्याउँदै  उहाँले भन्नुभयो, हिजो बहुदलबादी कांग्रेसबाहेक कोही पनि थिएन । आज कांग्रेसले देखाएको राजनीतिक बाटो संसदीय शासनव्यवस्थाको बृहत्तर छहारीमा दक्षिणपन्थीदेखि बामपन्थी दलहरु सम्म सबै आइसकेका छन । विसं २०४८ पछि कांग्रेसले अवलम्वन गरेको आर्थिक नीतिमा सबै दलहरु समाहित हुँदै गएका छन ।  सार्वजनिक भाषणबाजी र दस्तावेजहरुमा जेसुकै लेखिएपनि सत्तामा गएपछि उनीहरुले कांग्रेसकै नीतिको अनुशरण गरेका छन, कसैले केही परिवर्तन गरेनन् । महिला, पिछडिएका जातजाति तथा वर्ग र दलितलाई अधिकार दिलाउने र सामाजिक परिवर्तनको अगुावाई गर्ने पनि कांग्रेस हो । 

कांग्रेसले लिएको बाटो अरुले पनि पछ्याउन थालेका छन भने यही नै कांग्रेसको विजय हो र गौरव गर्ने विषय पनि । नेता डा महतले भन्नुभयो, यी गौरव गर्ने कुराका बारेमा जनतालाई भन्नुहोस र मत माग्नुहोस । उहाँले राजनीतिक एजेण्डाको छिनोफानो भैसकेकोले मुलुक अव आर्थिक एजेण्डामा केन्द्रित हुने बताउनुभयो । आर्थिक समृद्धिको मार्गमा डो¥याउन सक्ने पार्टी भएकोले कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन स्थानीयबासीलाई नेता डा महतले आग्रह गर्नुभयो ।

पार्टी कार्यकर्ताहरुले पनि आर्थिक एजेण्डा र विकासका एजेण्डाहरुलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसले लिएको आर्थिक नीतिको बाटो सही भएको र अहिले गाउँ गाउँको विकास पनि कांग्रेसले लिएको आर्थिक नीतिका कारण संभव भएको दाबी गर्दै भन्नुभयो, उद्योगधन्दामा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गरियो, राजस्वमा ठूलो वृद्धि गरियो र सरकारको ढुकुटी बढेपछि नै गाउँ गाउँमा विकास निर्माण पु¥याउन सहज भयो ।

हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरतका बीच पनि मुलुकमा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धिहरु हासिल भएको उल्लेख गर्दै उहाँले गरिवी घटेको, स्वास्थ्य सुविधाहरु विस्तार भएकोले जनताको औषत आयु बढेको, आन्तरिक राजस्व बढेर विदेशी सहायतामाथिको निर्भरता घटेको तथ्यांकहरु प्रस्तुत गर्नुभएको थियो ।  गाउँ गाउँको विकास र मुलुकको समृद्धिको लागि स्थानीय तहको चुनावमा कांग्रेसलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बूढाथोकी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुले कांग्रेसलाई जिताउनुपर्ने तर्क राखेका थिए ।

 

The post कांग्रेस मूल शक्ति र एजेण्डा ठीक : डा महत  appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rNcDkR via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.