Loading...
Loading...
प्रदेश ७ मा नौ जना निर्विरोध निर्वाचित : एउटा वडामा एमाले प्यानल विजयी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

धनगढी,६ असार । प्रदेश नम्बर ७ मा मतदाताको अन्तिम नामावली प्रकाश अगावै नौ जना निर्विरोध निर्वाचित भएका छन । विभिन्न स्थानीय तहका निर्वाचन कार्यालयहरुका अनुसार बझाङको काँडा गाँउपालीका ५ बाट एमालेले विजयी सुरुवात गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

काँडा गाउँपालीका वडा नम्बर ५ बाट नेकपा एमालेका तर्फ बाट वडा अध्यक्षमा धनजय बोहराको प्यानल नै निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार भएको मनोनय दर्ताको वेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा एमालेका धनजय बोहरा, महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य पदमा डब्बल बोहरा र कलु बोहरा निर्विरोध निर्वाचित भएका हुन ।

वडा नम्बर ५ मा दलित महिला सदस्यको उमेदवारी नै नपरेकोले उक्त पद भने खाली हुने भएको छ । यस्तै बझाङकै काँडा गाँउपालीका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसकी दलित महिला उम्मेदवार अमृता विक निर्विरोध निर्वाचीत हुनु भएको छ ।

कैलालीको भनजीत्रिशक्री नगरपालिकामा माओवादी केन्द्रले पनि खाता खोलेको छ । भजनीत्रिशक्ति नगरपालिका वडा नम्बर ६ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य कमला ज्ञवाली श्रीपाइली निर्विरोध निर्वाचित हुनु भएको माओवादी केन्द्रको प्रदेश नम्बर सातको सञ्चार समितिले जनाएको छ ।
बाजुराको पनि बडिमालिका नगरपालिकामा नेकपा एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ ।

अछामको मंगलसैन नगरपालिकामा पनि नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । मंगलसेन वडा नम्बर २ मा बमबहादुर बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ भने यस्तै सोही वडाबाट महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित हुनुभएको हो ।

The post प्रदेश ७ मा नौ जना निर्विरोध निर्वाचित : एउटा वडामा एमाले प्यानल विजयी appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rxK6Q5 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.