Loading...
Loading...
पोखरा लेखनाथ महानगरपालिकाको ६४ प्रतिशत गणना : एमाले उम्मेदवार ७ हजार मतले अगाडि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको ६४ प्रतिशत मतगणना सम्पन्न हुँदा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै गएको छ । ८० हजार मतगणना सम्पन्न हुँदा नेकपा एमालेका मेयर र उपमेयर दुवै उम्मेदवारको अग्रता फराकिलो बनेको हो ।

गणना लगभग अन्तिम चरणमा पुग्दा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले ३७ हजार ४ सय ५१ मत हासिल गरेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार रामजि कुँवर भने जिसीभन्दा ७ हजार १ सय ७४ मतले पछि छन् । कुँबर ३० हजार २ सय ७७ मतका साथ जिसीलाई पछ्याइरहेका छन्

उपमेयरमा पनि एमालेकी मञ्जु गुरुङले फराकिलो अग्रता बनाएकी छन् । मञ्जुले ३५ हजार ६ सय १८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरस्वती गुरुङ २८ हजार २ सय १० मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गोमा ढकालले ५ हजार ३ सय ३५ भोट पाएकी छन् । राप्रपाका रमेश खत्रीले २ हजार ३ सय ४७ र संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तीको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी खाती परियारले ८ सय ७५ मत पाएकी छन् ।

पोखरा लेखनाथ नगरपालिकाको हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८,९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना सकिएको छ भने २१, २२, २३ र २४ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

The post पोखरा लेखनाथ महानगरपालिकाको ६४ प्रतिशत गणना : एमाले उम्मेदवार ७ हजार मतले अगाडि appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rfx7FZ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.