Loading...
Loading...
साझा यातायातले प्रवेश पायो भक्तपुरमा, अाजदेखि २० बस सञ्चालनमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, जेठ १० । साझा यातायातले आफ्नो बुधबारदेखि काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म सेवा विस्तार गरेको छ। काठमाडौं, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार यो रुटमा साझा यातायातले यात्रुहरूलाई बिहान छ देखि राति ९ बजेसम्म सेवा प्रदान गर्नेछ । बुधबारदेखि हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिए।

अब स्वयम्भुबाट सीतापाइला–कलंकी–रविभवन–सोल्टीमोड–कालीमाटी–टेकु– त्रिपुरेश्वर–रत्नपार्क–शहीदगेट–थापाथली–माइतिघर–बबरमहल– नयाँबानेश्वर–मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म पुग्नेछन्।

सूर्यविनायकबाट ठिमी–गठ्ठाघर–कौशलवटार–लोकन्थली–कोटेश्वर हुँदै माइतिघरबाट सिंहदरबार–पुतलीसडक–कमलादी–घण्टाघर– पुरानो बसपार्क–शहीदगेट– त्रिपुरेश्वर–कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ।

साझाले कोटेश्वरबाट सानोठिमी (पुरानोठिमी) भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो। तर, यो रुटमा भने अनुमति पाएन । अन्य स्थानमा सञ्चालनमा रहेका ४६ वटा बसबाट नै २० वटा त्यस रुटमा सञ्चालन गरिने भएको हो। काठमाडौं उपत्यकाबाहिरका लागि पनि साझा यातायातले अन्य बस सञ्चालन गर्ने तयारी गरिरहेको पनि प्रमुख पाण्डेले बताए। – रासस

The post साझा यातायातले प्रवेश पायो भक्तपुरमा, अाजदेखि २० बस सञ्चालनमा appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rOKQAR
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.