Loading...
Loading...
निर्वाचन आयोगका अनुसार ३१ जेठमा निर्वाचन गर्न गाह्रो छ संख्या थपिँदा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – सरकारले आफूसँग परामर्श र सल्लाहविनै एकाएक स्थानीय तहको संख्या थप गरेकोमा निर्वाचन आयोग असन्तुष्ट

सरकारले आफूसँग परामर्श र सल्लाहविनै एकाएक स्थानीय तहको संख्या थप गरेकोमा निर्वाचन आयोग असन्तुष्ट देखिएको छ । आयोगले समय अभावका कारण थपिएका स्थानीय तहमा ३१ जेठमा निर्वाचन हुनै नसक्ने स्पष्ट पारेको छ ।

सरकारले सोमबार राति तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । तर, त्यसको औपचारिक जानकारी आयोगले मंगलबार साँझसम्म पनि पाउन सकेको छैन । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले स्थानीय तह थप गरेको भन्ने औपचारिक जानकारी आयोगमा प्राप्त नभएको बताए । ‘हामीलाई औपचारिक जानकारी नै छैन, त्यसैले के गर्ने भन्नेमा कुनै छलफल नै भएको छैन,’ यादवले भने ।

आयोगलाई अप्ठ्यारोमा पारेको गुनासो

निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारले स्थानीय तहको संख्या थप गरेर आयोगलाई अप्ठ्यारोमा पारेको निष्कर्ष निकालेको आयोगका एक अधिकारीले बताए । निर्वाचन कार्यक्रम सुरु हुनै लाग्दा एकाएक नयाँ स्थानीय तह थप भएपछि समस्या हुने र त्यी समस्याबारे सरकारले आयोगसँग कुनै समन्वय नगर्नु दुःखद भएको भन्दै आयोगका पदाधिकारीहरू सरकारसँग रुष्ट हुँदै आएका छन् । ‘समस्या धेरै थुपार्ने काम गरिएको छ, आयोगलाई तयारीका लागि ठूलो समस्या पर्ने देखिन्छ,’ प्रमुख आयुक्त यादवले नयाँ पत्रिकास“ग भने । स्थानीय तहको संख्या थप भएको औपचारिक जानकारी आएपछि आयोगले आफ्नो दृष्टिकोण तत्काल सार्वजनिक गर्ने प्रमुख आयुक्त यादवले बताए ।

स्थानीय तह थपले ठूलो समस्या : मैनाली
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप गर्दा काम गर्न सकिने अवस्था नरहेको भन्दै ठूलो समस्या पर्न सक्ने बताए । उनले सरकारको औपचारिक जानकारी नआएकाले आयोगले औपचारिक रूपमा केही भन्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । थपिएका स्थानीय तहमा ३१ जेठमै निर्वाचन गर्न कठिन हुने उनको भनाइ छ । स्थानीय तह थप गर्दा मतदाता नामावली नै संशोधन गर्नुपर्ने र यसका लागि आयोगलाई १५ दिनभन्दा बढी समय आवश्यक पने उनको भनाइ छ ।

‘सरकारले स्थानीय तहको संख्या थप गरेको विषय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याउन पनि कम्तीमा एक साता लाग्ने निर्वाचन आयोगका अधिकारीहरूको भनाइ छ । त्यसैले पनि थपिएका स्थानीय तहमा ३१ जेठमा निर्वाचन हुन असम्भव जस्तै छ,’ आयोग स्रोतले भन्यो । सचिव मैनालीले थप गरिएका स्थानीय तहबारे औपचारिक जानकारी केही नभएकाले आयोग पुरानै स्थानीय तहको निर्वाचनको तयारीमा जुटिरहेको जानकारी दिए ।

–नयापत्रिका

The post निर्वाचन आयोगका अनुसार ३१ जेठमा निर्वाचन गर्न गाह्रो छ संख्या थपिँदा appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rfzAjL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.