Loading...
Loading...
बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० –  डल्लुको चागलमा ११ वर्षीया बालिका कल्पना नेपालीको मृत्यु रहस्यमय बन्दै गएको छ । ललितपुर लेलेकी कल्पनाको गत शुक्रबार मृत्यु भएको हो । बालिकाका परिवारले उनको बलात्कारपछि हत्या भएको बताएको छ । छोरीको मृत्युपछि आमा सन्तोषीले डेराछेउ बस्ने दिनेश चौधरीको नाममा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी दिएलगत्तै चौधरीलाई स्वयम्भू प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको छ ।

दिनेशको व्यवहार शंकास्पद
सन्तोषीले पहिले पनि दिनेशले आएर जथाभावी छुन खोज्ने, छोरीलाई ठीक पार्छु भन्ने, झ्यालबाट चिहाउने गरेर आफूलाई निकै दुःख दिने गरेको बताइन् । छिमेकीहरूले पनि दिनेश निकै खराब आचरणको र पटक–पटक केटी काण्डमै कुटाइसमेत खाएको बताए । आरोपी चौधरीले घरकै छेउमा टेलरिङ व्यवसाय गर्दै आएका छन् । श्रीमान्ले अर्को बिहे गरेर हिँडेपछि सन्तोषी छोरीछोरी लिएर छुट्टै बस्दै आएकी थिइन् । गार्मेन्टमा काम गरेर उनले एक छोरा र एक छोरीलाई पाल्दै आएकी थिइन् । मृतक कल्पना कंकेश्वरी सेकेन्डरी स्कुलमा ६ कक्षामा अध्ययनरत थिइन् ।

गुप्तांगमा निलडाम, घाँटीवरिपरि डोब
सन्तोषीका छिमेकी दयाराम बटलाले बालिकाको गुप्तांगभरि निलडाम रहेको जानकारी दिए । ‘गुप्तांगको वरिपरि चोटपटक र निलडाम थिए, घाँटीमा नङको जस्तो डोब र चोट थिए,’ उनले फोटो देखाउँदै नयाँ पत्रिकासँग भने । स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक विष्णु बस्यालले पनि बालिकाको घाँटीमा नङको डोब देखिएको बताए । कल्पनाका आफन्तले अस्पतालले पोस्टमार्टममा त्यति चासो नदिएको गुनासो गरे । तर, अस्पतालले भने पोस्टमार्टम भइसकेको जनाउँदै रिपोर्ट आउन मात्र बाँकी रहेको जनाएको छ ।

पोस्टमार्टममा संलग्न चिकित्सक डा. रिजन श्रेष्ठले बालिकाको योनिको आधा झिल्ली फाटेको आफन्तलाई जानकारी दिएका थिए । योनिको भित्री भाग र टाउकोमा चोट रहेको उनको भनाइ छ ।

फाइल परिसरमा पुग्यो
स्वयम्भूका प्रहरी नायब उपरीक्षक कोमल शाहले शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पु¥याएको बताए । पोस्टमार्टमको रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए । सोमबार स्वयम्भू प्रहरीले पीडितलाई बोलाएर छलफल गरेको थियो । प्रहरीले मृतक परिवारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल मगाएकाले सम्पूर्ण फाइल पठाएको जानकारी दिएको छ ।

दिनेशले नै हत्या गरेको हो : कल्पनाकी आमा

मेरो छोरीको बलात्कार गरी हत्या गरिएको हो । सो दिन बिहान १० बजे खाना खाएर गार्मेन्टमा काम गर्न गएकी थिएँ । म निस्कँदा कल्पना टिभी हेरेर बसिरहेकी थिई । दिउँसो त्यस्तो भएको थाहा पाएपछि तत्काल कोठामा आएँ । छोरी झ्यालनेर राखिएको ओछ्यानमा घोप्टो परेकी थिई । एउटा खुट्टा खुम्च्याएर अचेत अवस्थामा थिई । ढोका खुलै थियो ।

खाटमाथिको झ्यालको ह्यान्डिलमा लुंगी घुसारेर घाँटीमा लगाइएको थियो, ता कि त्यहाँ झुन्डिएर आत्महत्या गर्ने अवस्था नै छैन । मैले छोरीलाई बचाउन धेरै हारगुहार गरेँ । तर, मेरो कोठाछेउमै बस्ने दिनेश आउँदै आएनन् । कुनै सहयोग पनि गरेनन् । पछि अन्य छिमेकी आए । उनीहरूकै सहयोगमा मैले छोरीलाई वीर अस्पताल पुर्याएँ । डाक्टरले मृत्यु घोषणा गरेपछि विश्वास नै गर्न सकिनँ । पहिलाको दिनेशको व्यवहारले पनि छोरीको हत्या उसैले गरेको हो ।
–नयापत्रिका

The post बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qeGKR9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.