भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१३ जेठ, एजेन्सी ।
सन् २००० मा ‘मिस वल्ड’ बनेकी अभिनेत्री प्रियंका चोपडा अब अन्तराष्ट्रिय ‘स्टार’ बनेकी छिन् । यस यात्रामा प्रियंकाको जीवनले फड्को मारिसकेको छ, तर आज पनि प्रियंकाले बर्षौदेखि एक पुरानो चीजलाई भुल्न सकिनन् र सँधै आफ्नो साथमा राख्छिन् ।
हालै लारा ब्राउनको अमेरिकी टेलिभिजन शो ‘डर्टी लोन्ड्री’मा प्रियंका देखिइन्, जसमा उनले एक पूरानो ‘ज्याकेट’को बारेमा कुरा गरिन् । कुराकानीका क्रममा प्रियंकाले उनलाई एउटा ज्याकेट निक्कै मनपर्छ, जसलाई उनी कहिले–काही लगाउँने गरेको बताइन् । तर, त्यो ज्याकेट प्रियंकाको भने होइन् ।
कसको ज्याकेट हो ? भन्ने प्रश्नको उत्तर दिँदै प्रियंकाले भनिन्, ‘यो ज्याकेट मेरो पूर्व–प्रेमीसँग जोडिएको छ र यो मलाई निक्कै मनपर्छ ।’ उनका अनुसार, उनका एक्स-ब्वायफ्रेन्डले ज्याकेट घरमा छोडेर गएका थिए । प्रियंकालाई यति मन पर्यो त्यो ज्याकेट, उनले आफूसँगै राखिन् । ब्रेकअपपछि पूर्वप्रेमीले ज्याकेट फिर्ता मागे पनि दिन अस्विकार गरेको प्रियंकाले बताइन् । प्रियंकाले यो ‘हुडी ज्याकेट’ धेरैजसो एयरपोर्टमा लगाएको देखिन्छ ।
प्रियंका चोपडाको पहिलो हलिउड फिल्म ‘बेवाच’ अमेरिकामा रिलिज भइसकेको छ । फिल्ममा प्रियंकाको भूमिकालाई निक्कै मनपराइएको छ । फिल्ममा प्रियंर्का भिक्टोरिया’ नामक एक नकारात्मक पात्रको भूमिकामा देखिएकी छिन् । भारतमा यस फिल्मलाई ‘ए’ सर्टिफिकेट दिइएको छ ।
The post को हो त्यो, जसको पुरानो ‘ज्याकेट’लाई सँधै आफूसँगै राख्छिन् प्रियंका चोपडा ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qty7kZ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

