भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि राजपा आए केही दिन मिति सार्ने कि भन्ने छलफल भएको थियो । तर, प्रमुख विपक्षी दल नेकपा एमालेले मिति सार्ने प्रस्ताव अस्वीकार गरेको छ ।
तीन दलका शीर्ष नेताहरुको बैठक राजपा नेपालका आन्दोलन घोषणा र चुनावबारे छलफल भएको थियो । त्यसक्रममा राजपा चुनावमा आउँछ भने जेठ ३१ को मिति केही दिनपछि सार्ने कि भन्ने प्रस्ताव सत्तारुढ दलबाटै आएको स्रोतले बताएको छ ।
कांग्रेसको नेतृत्वसँगै प्रधानमन्त्री प्रचण्ड पनि चुनाव केही दिन सार्दा राजपा आउँछ भन्ने समेटेर जाने पक्षमा देखिएका थिए ।
तर, प्रमुख विपक्षी दल एमालेले चुनावको मिति सार्ने प्रस्तावमा आफ्नो सहमति नहुने प्रष्ट पारेको छ । एमालेले राजपाको मुख्य चासो दल दर्ता र चुनाव चिन्ह भएकाले सकेसम्म सहजीकरण गर्न सघाउने आश्वासन भने सरकारलाई दिएको छ ।
स्रोतका अनुसार राजपा चुनावमा आए ऐन संशोधन गरेर उम्मेदवारका लागि आधिकारिकता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति जुटेको छ ।
केही दिन मिति सार्न कांग्रेस तयार
तीन दलको बैठक लगतै कांग्रेस नेतृत्वले राजपा नेपालका नेताहरुलाई भेटेका छन् ।कांग्रेस पार्टी कार्यालय सानेपामा भएको छलफलमा राजपाले चुनावमा सहभागिताका लागि तीनबुँदे शर्त राखेको छ ।
जवाफमा कांग्रेस नेताहरुले राजपालाई चुनावमा सहभागी हुने हो भने केही दिन मिति सार्ने आश्वानस दिएका छन् ।
कांग्रेस नेता समेत रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘यदि २र४ दिन मिति सारेर तपाईहरुले चुनावमा भाग लिनुहुन्छ भने हामी त्यो कोशिश गर्छौं ।’
यद्यपि मिति सार्ने प्रस्तावमा एमाले अहिले तयार भइनसकेको समेत उनले बताएका छन् ।
निधीका अनुसार कांग्रेसले मुद्दा फिर्ता लगायतका माग सम्बोधनका क्रममा रहेको भन्दै राजपा नेताहरुलाई भनेको छ, चुनावमा भाग लिनुस्, अरु पछि मिलेर गरौंला ।’
राजपाको माग सम्बोधनबारे छलफल गर्न कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्ने तयारी छ ।
The post दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने दलहरुको प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qqWgti via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

