Loading...
Loading...
दोस्रो चरणमा जानुअघि जनतासमक्ष माफी माग्नुपर्ने, नत्र कांग्रेस समाप्त हुने कांग्रेसीहरुको चेतावनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनावको परिणाम सार्वजनिक भइ नसक्दै सत्तारुढ नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका कारण पार्टी पराजित भएको बिश्लेषण हुन थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ति भएको निष्कर्ष निकालेको छ ।
दोश्रो चरणको निर्वाचनमा गल्ति सुधार गर्न नसके पार्टी समाप्त हुने निष्कर्ष समेत पौडेल पक्षले निकालेको छ । वरिष्ठ नेता पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा सोमवार बसेको बैठकमा पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै दोश्रो चरणको निर्वाचनको तयारीमा जुट्ने बारेमा छलफल भएको थियो ।

छलफलले स्थानीय तहअन्तर्गतको पहिलो चरणको निर्वाचनमा सभापति देउवाको रणनीति पूर्ण असफल भएको निष्कर्ष समेत निकालेको छ । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको आरोपसमेत लगाएका थिए । पहिलो चरणको निर्वाचन परिणामलाई उनले गम्भीर रुपमा नलिए राम्रो नहुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

बैठकमा दुरदराजका गाउँका मतदाताले नेपाली कांग्रेसको पक्षमा मतदान गरेपनि सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको निष्कर्ष निकालिएको छ । दोश्रो चरणमा निर्वाचन हुने अधिकांश सहरी क्षेत्र रहेकाले अघिल्लो चरणमा भएका गल्तिप्रति माफी माग्दै जनतामा जानुपर्ने समेत निष्कर्षमा पुगेको छ ।

पछिल्लो समयमा कांग्रेसभित्र मनपरीतन्त्र हावी भएको, जिम्मेवारी नलिने प्रवृत्ति बढेको, निष्ठा र इमान्दारिता हराउँदै गएको बैठकको निष्कर्ष थियो । नेपाली कांग्रेसको सहमतिमा कांग्रेस सहभागि सरकारले गरेका केही अक्षम्य गल्तिका कारण सहरका सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको बैठकको निष्कर्ष छ ।

त्यसैगरी तालमेलका नाममा स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, लम्जुङमा कांग्रेस कमजोर भएको अवस्थामा माओवादीलाई कांग्रेससँग तालमेल गराउन नसकेको, माओवादीको प्रभाव क्षेत्रमा तालमेलको बिषय नउठाएको, तालमेल अनुसार माओवादीको पक्षमा सभापति चितवन भोट माग्न गएपनि पोखरामा माओवादी अध्यक्षलाई भोट माग्नका लागि सभापतिले लैजान नसकेको बिषय बैठकमा उठेका थिए ।

सभापति देउवाले टिकट वितरणमा समेत मनलाग्दी गरेको बैठकको निष्कर्ष थियो । स्थानिय तहमा सहमति भएर आएका नामलाई समेत मनलाग्दी ढंगवाट सभापति देउवाले काटेका कारण पराजय बेहोर्नुपरेको पौडेल समूहको निष्कर्ष छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु, बलबहादुर केसी, गोविन्द भट्टराई, दिलेन्द्र बडु, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानी लगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

The post दोस्रो चरणमा जानुअघि जनतासमक्ष माफी माग्नुपर्ने, नत्र कांग्रेस समाप्त हुने कांग्रेसीहरुको चेतावनी appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qr2PMC via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.